Friday 29th March 2024

गजल


गजल
उजाड मरुभूमी अनि नँया ठाँऊ छ,
मन मस्तिकमा आफ्नै प्यारो गाँउ छ।

खाडिमा बालुवाको घर बनाई रहँदा,
हराएछ स्वदेशीपन न नेपाली नाँउ छ।

क्षणमानै भत्किन्छन् सपनिका घरहरु,
रगत र पसिनाको न उचित भाऊ छ।

लामबाटो हिड्ने यात्रीको हुदैन रे भर,
भोलिको के पत्तो मुटुभित्रै घाउ छ।

धनको ल‍ोभले गाह्राे काममा होमिनु पर्ने,
बाध्यता तमसुक भरि ऋणको तलाउ छ।

माधव पौडेल “असल यात्री”-कुवेत


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...