Thursday 8th October 2026

गजल


गजल
उजाड मरुभूमी अनि नँया ठाँऊ छ,
मन मस्तिकमा आफ्नै प्यारो गाँउ छ।

खाडिमा बालुवाको घर बनाई रहँदा,
हराएछ स्वदेशीपन न नेपाली नाँउ छ।

क्षणमानै भत्किन्छन् सपनिका घरहरु,
रगत र पसिनाको न उचित भाऊ छ।

लामबाटो हिड्ने यात्रीको हुदैन रे भर,
भोलिको के पत्तो मुटुभित्रै घाउ छ।

धनको ल‍ोभले गाह्राे काममा होमिनु पर्ने,
बाध्यता तमसुक भरि ऋणको तलाउ छ।

माधव पौडेल “असल यात्री”-कुवेत


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...