Sunday 30th August 2026

हेड टु हेड प्रतिस्पर्धामा सिंगापुरकी सुन्दरीभन्दा श्रृंखला खतिवडा कमजोर भर्इन्


तितोपाटी – मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा पराजित भएकी छिन् । सिंगापुरकी सुन्दरी भानेसा पेहले उनलाई रोकिन् । हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखलासित प्रतिस्पर्धामा सिंगापुरकी भानेसा थिइन् । यसमा जितेको भए श्रृंखला टप ३० मा पुग्न सक्थिन् । यो मौका उनले गुमाएकी छन् ।

हेड टु हेडको दोस्रो राउन्डमा करिब ९० सेकेन्डको भिडियो प्रिजेन्टेसन दिनुपर्ने हुन्छ । श्रृंखलाले फेसबुकमा भिडियो पोष्ट गर्दै प्रिजेन्टेसनमा आफ्नो कमजोरी भएको स्वीकारेकी छन् । उनी सिंगापुरकी सुन्दरी जितको हकदार रहेको पनि बताएकी छन् ।

सिंगापुरकी भेनेसा
‘९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरेँ । भविष्यको योजना केही प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थियो मैले त्यसमै फोकस गर्न खोजेँ । भिडियो हेरेर मैले महसुस गरिसकेँ । सिंगापुरले डिजर्भ गरेको थियो,’ उनले भनेकी छन्, ‘मेरो बीचमा एक-दुई लाइन भन्न छुटेको रहेछ । सायद त्यो भएर कनेक्ट हुन सकेन । मैले आफैंले यूट्यूबमा भिडियो हेदा पनि कनेक्टेड फिल भएन ।’

उनले यो हारबाट दुखित भएको बताएकी छन् । भावुक बन्दै उनले भनेकी छन्, ‘यत्रो माया गरिदिनुभयो, कसरी गुन तिरौं भन्ने मात्रै सोच्न आउँछ । नेपाल आएर धेरै काम गर्न आउँछ ।’

हेड टु हेडको प्रिजेन्टेसनमा तीन जना निर्णायकहरु थिए । तीनै जनाले सिंगापुरकी प्रतियोगिलाई चुनेका थिए । भारतकी सुन्दरी अनुकृती भास म्यानमारकी सुन्दरीलाई पछि पार्दै टप ३० मा प्रवेश गरेकी छन् ।

हेड टु हेडबाट बाहिरिए पनि श्रृंखलाले मल्टिमिडिया र ब्यूटी विथ प्रपोजबाट टप ३० मा स्थान बनाउन सक्छिन् । मल्टिमिडिया अवार्ड पब्लिक भोटिङको आधारमा दिइन्छ । यसका लागि आउँदो ८ डिसेम्बर (फाइनलको दिन)सम्म भोटिङ खुल्ला हुनेछ ।

हेड टु हेड समाप्त भएसँगै टप ३० का १३ वटा स्थानहरु भरिएका छन् । श्रृंखलाले अब बाँकी १७ स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने छ ।

 

https://www.youtube.com/watch?v=A8NfBXjTox8


सम्बन्धित शीर्षकहरु

नाइजरको राजधानी नियामीमा सत्तारुढ सैन्य सरकारविरुद्ध केही युवा सैनिकहरूले गरेको विद्रोहको प्रयास असफल भएको छ। सरकारी सुरक्षा बलले विद्रोह नियन्त्रणमा…

नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी आकस्मिक बाढीमा नेपालतर्फ मृत्यु हुनेको संख्या ७३४ पुगेको छ भने २,४९८ जना अझै बेपत्ता…

रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा आएको विनाशकारी बाढीपछिको राहत तथा उद्धार कार्यमा सहयोग गर्न चीनबाट ५० टन आपत्कालीन राहत सामग्री बोकेका…

प्रतिकृयाहरू
...