Sunday 19th May 2024

तेह्रथुममा १४ वर्षीया किशोरी बलात्कार गर्ने ४७ वर्षको एक व्यक्ति पक्राउ


तितोपाटी – तेह्रथुममा किशोरी बलात्कारको आरोपमा त्यहाँ स्थित आठराई गाउँपालिका–३ ह्वाकुबाट एकजना पक्राउ परेका छन्।

स्थानीय १४ वर्षीया बालीकालाई ललाईफकाई जबरजस्ती गरेको आरोपमा ४७ वर्षीय राजेन्द्रकुमार डाँगी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए।

डाँगीले बालिकाको घरमा कोही नभएको मौका छोपी बलात्कारको प्रयास गरेको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए। पक्राउ परेका डाँगीलाई हिरासदमा राखेर जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...