Wednesday 26th August 2026

कुवेतको महाबुलामा न्यू हिमालय रेस्टूरेण्ट संचालनमा


तीतोपाटी- नोवेम्बर १७ कुबेत, नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो कुवेतको महाबुलामा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली न्यू हिमालय रेस्टूरेण्ट संचालनमा भएको छ । महाबुला भन्ने बितिकै नेपालीहरुको बाहुल्यता रहेको बसो बास गर्ने ठाँउ मा सुनिल गुरुङ र बिरमाया तमुस्यो को संयुक्त लगानिमा स्थापना गरिएको न्यू हिमालय रेष्टुरेण्टको स्पोन्सर मेस्याल अल मुतारी ले रिबन र केक काटेर हिजो साँझ उद्घाटन सम्पन्न गरिएको थियो। 

उक्त रेष्टुरेण्ट उद्घाटन कार्यक्रममा  बिभिन्न व्यक्तितहरुको उपस्थिति रहेको थियो। भने  न्यू हिमालय रेष्टुरेण्टमा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली खाना ढिंडो, सेलरोटी, अचार, सुकुटी चिउरा, म:म, थुक्पा, चाउमिन लगायत थाली, बिर्यानी, फ्राई राईस र अन्य थुप्रै परिकारहरु र बिभिन्न प्रकारका जुस, ईन्डियन, बाङगाली, चाइनिज र पिलिपिनस आइटमहरु को सहितको सेवा उपलब्ध हुने छ ।

न्यू हिमालय रेस्टूरेण्ट लोकेशन लागि  :ब्लॉक : १, माहाबुला स्ट्रीट : १३६ (ओमन एक्सचेंजको पछाड़ी)न्यू हिमालय रेस्टूरेण्ट,होम डेलिभरीको समेत व्यवस्था रहने छ । होम डेलिभरीको लागि फोन नम्बर 9765 4734,6766 9315 मा ईमो, वाट्स एप र भाईबर मार्फत सम्पर्क गरेर खाना अर्डर गर्न सकिने छ। आन्तम  संचालक सुनिल गुरुङ र बिरमाया तमुस्यो लाई तमु समाज कुबेतका अध्यक्ष,राजु गुरुङ,लगायत समाज को सल्लाहकार,सदस्य,उपास्थित सम्पूर्ण ले खाद दोसल्ला ओढाई बधाई तथा शुभकामना  गरेका थिए।


सम्बन्धित शीर्षकहरु

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

कुवेतमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक १५० केडी, नभए पनि कम्तीमा १२५ केडीभन्दा कममा श्रमिक पठाउन नहुने सांसद क्षितिज…

प्रतिकृयाहरू
...