Saturday 10th October 2026

एनआरएन मध्यपूर्व संयोजक आरके शर्मा रिहा


तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार(आरके)शर्मा रिहा भएका छन्।करिब ४ हप्ता देखी कतारको प्रहरीले नियन्त्रणमा रहेका शर्मा विहीवार रिहा भएको पत्रकार रवि रोशीले जनाए। रोशीले भने”आरके शर्मालाई आज कतार प्रहरीले थुना मुक्त गरेको छ,लामो अनुसन्धान पछि उहाँलाई यहाँको अनुसन्धान विभागले निर्दोष ठहर गरेको छ।”

गैरआवासीय नेपाली संघका अनुसार गत अक्टोवर १८ तारिकमा शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको थियो।यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै शर्माको रिहाईको माग गरेको थियो।कतारमा दशैं अगाडि आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएको र सुरक्षित रहेको त्यहाँको प्रहरीले जनाएको थियो।

आरके शर्मा सहित कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा,रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई त्यहाँको सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो । शर्मा सहित सबै जना रिहा भएका छन्।
-नेपाल ब्रिटेन डटकमबाट साभार


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...