Friday 11th September 2026

अामाले सिमकार्ड नदिएको झोकमा १२ वर्षे छोराले गरे अात्महत्या


तितोपाटी – पंजावको लुधियानामा एउटा दु:खद घटना भएको छ।एक स्कुले बालकले आत्महत्या गरेको समाचार भारतका मिडियामा प्रकाशित भएको छ। समाचारमा बताइए अनुसार छोराले मागेको सिमकार्ड आमाले नदिए पछि रिसको झोकमा १२ वर्षीय पारस वाइपासले आत्महत्या गरेका हुन्।

पारस लुधियानाको भगवान दास कोलोनीमा आमाबावुसँग बस्दै आएका थिए।उनी एक स्थानीय स्कुलमा कक्षा आठमा पढ्दै थिए। बुधबार दिउँसो उनी स्कुलबाट घर आए। उनले आफ्नी आमासँग सिमकार्ड मागे। तर, आमाले सिमकार्ड दिन मानिनन्।आमाले सीमकार्ड नदिएपछि रिसाउँदै उनी कोठामा गए।त्यसपछि पंखामा झुन्डिएर आत्महत्या गरे।

भान्सामा खाना पकाइसकेपछि पारसकी आमा छोरा बोलाउन कोठामा गइन्। छोरा पंखामा झुन्डिएको देखेपछि उनको होस नै उड्यो।घाइते अवस्थाका पारसलाई उपचारका लागि स्थानीय एक अस्पतालमा लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषण गरिदियो।

प्रहरीका अनुसार पारसले परिवारका सदस्यसँग पटकपटक सिमकार्ड माग्दै आएका थिए।केही समय अघि परिवारबाट सिमकार्ड पाएपनि उनले भाँचिदिएका थिए।फेरि उनले आमासँग सिमकार्ड मागेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

-आजतक


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...