Wednesday 7th October 2026

उदयपुरमा १३ वर्षीया किशोरीको बलात्कार पछि हत्या


तितोपाटी – उदयपुरमा एक १३ वर्षीया किशोरीको बलात्कार पछि हत्या गरिएको छ ।

 किशोरी जंगलमा मृत अबस्थामा फेला परेकी हुन। जिल्लाको रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाका दुर्गबहादुर खड्काकी १३ वर्षीय छोरी एल्जिना खड्का नजिकैको जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन्।

शनिवार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खड्काकी छोरी एल्जिना आइतबार लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् । साँझसम्म घर नफर्केपछि स्थानीयले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बजे बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए ।

वाख्रा चराउन गएकी बालिकाको शव आज दिउँसो अर्धनग्न अवस्थामा फेला परेपछि उनको बलात्कार पछि हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्। उनको घाटीमा समेत नङले चिथोरेको दागहरु रहेका छन् भने मुखमा नेपकिन कोचिएको छ। घटनाबारे अनुसन्धान थालिएको एसपी चन्द्रदेव राइले जानकारी दिए।

यस्तो छ घटना

मृतकका बुवा दुर्गाबहादुर केही दिनअघि मोटरसाइकल दुर्घटनामा परी त्रियुगा नगरपालिका–७ चुहाडेस्थित घरमा आराम गरेर बसिरहेका थिए । भाइटीका लगाइदिन लाफागाउँमै रहेको माइती घर सानो नानीसहित गएकी आमा पुनम फर्केकी थिइनन् ।

बुवा आमा घरमा नभएपछि जनता मावि लाफागाउँ कक्षा–९ मा पढ्दै गरेकी १३ वर्षीया एल्जिना शनिवार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा चराउँदै थिइन् । कक्षा १० मा पढ्दै गरेकी जेठी दिदी र कक्षा ९ मा पढ्ने भाइ भैँसी र घरको अरू काम गर्ने बताएपछि माहिली छोरी एल्जिना बाख्रा लिएर जङ्गल गएकी थिइन् ।

गाउँपालिकाको केन्द्र भुट्टार जाने सडक छेउको खर बारी भएकाले कसैले चासो दिएनन् । सडकबाट १५० मिटर पर रहेको त्यही खरबारीस्थित सालको रुखमुनि उनी मृत फेला परिन् ।

‘कतै लडेर घाइते भई जस्तो लागेको थियो, तर त्यसो नभई बलात्कार गरेर मारिएको अवस्थामा फेला परी’, उनले भने, ‘रातभर टाढा–टाढासम्म पुगेर खोजियो, कतै फेला नपरेको अवस्थामा गाउँनजिकै शव फेला पा¥यौँ । मलाई १÷२ जनासँग शङ्का छ, सायद उनीहरूले नै बलात्कार गरेर मारेको हुनु पर्दछ, त्यो नाम प्रहरीलाई भन्छु ।’

उनका अनुसार बालिका खरबारीस्थित सखुवाको रुखमुनि मुखमा हात पुछ्ने कागज खाँदिएको अवस्थामा भेटिएका हुन् । ‘घाँटीमा नङ्ग्राइएको छ, छाला कोतरेको छ, कुर्था सुरुवाल खोलिएको छ, बलात्कारपछि हत्या नभए के हुन सक्छ ?’, उनले भने ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...