Wednesday 26th August 2026

कुवेतमा हिजोको भारी बर्षाले २ जनाको ज्यान गयो, आज पनि अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आह्वान


हरि कृष्ण न्यौपाने- तितोपाटी डटकम- कुवेतमा केही दिन देखी परेको अप्रत्याशित बर्षाका कारण ठुलो भौतिक क्षती भएको छ।हिजो नोभेम्बर ९, शुक्रबारको बर्षाका कारण २ जनाको ज्यान गएको छ। गत बुधवारको भारी बर्षात र बाढीको कारण बिहीवार कुवेत सरकारले सरकारी बिदा दिएको थियो भने फेरी २४ घण्टा नबित्दै शुक्रबार बेलुकी ठुलो बर्षा,हावाहुरी चलेकोले जनजिबन कस्टकर हुनुको साथै ठुलो भौतिक क्षति भएको हो । 

कुवेतको अनलाईन पोर्ट आइमानमातमा  बताइए अनुसार हिजोको भारी बर्षाको कारण एक बेदुन कुवेती नागरिक र एक इजिप्सियन नागरिकको मृत्‍यु भएको हो भने सड्कमा ढल पस्नाले र अत्याधिक बर्षात पछीको बाढिका कारण धेरै सबारी साधनहरु, सडक, पुल तथा केही घरहरुमा ठुलो भौतिक क्षती भएको हो । अहिले सम्म के-कति भौतिक क्षती भएको एकिन नभए पनि पुरै कुवेतमा जन-जिबनमा असर परेको तथा सडकमा यात्रारत धेरै जना ३-४ घण्टा सम्म जाममा परेका थिए । यसै बिच कुवेत सरकारको सम्बन्धित निकाएले बढी बाढी आएका सडकहरु बन्द गराएका थिए र आपतमा परेका मनिसहरुलाई उद्दार गरेका थिए । 

कुवेत सरकारका सम्बन्धीत निकाएको आकस्मिक बैठकले  गत बुधवारको बर्षात पछी सडकमा अाएको अप्रत्यासित बाढीको कारक तत्व कमजोर सडक र ढल तथा पुलहरु रहेको भन्दै सम्बन्धित निकाएका केही प्रमुख तथा मुख्य पात्रहरुलाई निलम्बन गर्ने निर्णय गरी सकेको छ। 

यसै बिच हिजो कुवेतमा आएको ठूलो बर्षाको कारण धेरैं ठाऊमा बाढीका कारण २ जनाको मृत्यु र ठूलो भौंतिक क्षतिका भएको तथा आज पनि ठूलो पानी र हावा-हुरी आऊन सक्ने सम्भावना रहेको हुँदा अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन सबैलाई कुवेतका सम्बन्धित निकायले सचेत गराएका छन। www.titopati.com तथा कोसेली समूह कुवेत सबैलाई सुरक्षीत रहन आग्रह गर्दछ ।


सम्बन्धित शीर्षकहरु

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

कुवेतमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक १५० केडी, नभए पनि कम्तीमा १२५ केडीभन्दा कममा श्रमिक पठाउन नहुने सांसद क्षितिज…

प्रतिकृयाहरू
...