Friday 3rd May 2024

संसारका महादानी व्यक्तिहरू


तितोपाटी – दान को अर्थ दिनु भन्ने जनाउँछ । अाफ्नो स्वामित्वमा रहेको कुनै बस्तु अाफुले स्वामित्व छोडेर निःशुल्क रूपमा अरू कसैलार्इ प्रदान गर्नु नै दान हो । दानका ताैर तरिका पनि मानिसहरू अनुसार फरक फरक हुन्छन् । यो संसार चराचर जगतमा दान गर्नेहरू पनि फरक फरक प्रकृतिका छन्  । कसैले अाफ्नो जिवनको सम्पुर्ण कमार्इ नै दान गर्छन् भने कसैले अाफ्नो स्वेच्छाले गछे अनुसार दान गर्छन् त कसै कसैले त अाफ्ना अंग समेत दान गर्दछन् । यस्तै दानवीरूहरू मध्ये संसारमा सबैभन्दा धेरै दान गर्ने महासयहरूलार्इ हामी यहाँहरूको जानकारीको लागि प्रस्तुत गर्दैछाैं ।

बिल गेट्स

विश्वका धनीको सूचीमा रहेका माईक्रोसफ्टका मालिक बिल गेट्स महादानीहरूको सूचीमा पनि शीर्ष स्थानमै छन् । बिल गेट्सले विभिन्न समाजिक संघसंस्थालगायत आफू र श्रीमती मेलिन्दा गेट्सको नाममा सन् २००० मा स्थापना गरेको बिल एन्ड मेलिन्दा गेट्स फाउण्डेसन मार्फत् स्वास्थ सेवा, शिक्षा, प्रविधि विकास एवं गरिबी निवारणका लागि ३२ खर्ब ७६ अर्ब रुपैयाँ (अहिलेको अमेरिकी डलर मूल्य अनुसार) दान गरिसकेका छन् । बिल गेट्सले आफ्नो आम्दानीको ९५ प्रतिशत हिस्सा दान दिने घोषणा धेरै पहिले नै गरिसकेका छन् ।

वारेन बफेट

बर्कसायर हाथवेका सिईओ एवं अध्यक्ष वारेन बफेट पनि विश्वका धनाढ्यहरूको सूचीको अग्रपंक्तिमा छन् । उनले पनि आफ्नो आम्दानीको ठूलो हिस्सा विभिन्न सामाजिक संस्था आदि बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनमार्फत दान गरिरहेका छन् । बफेटको योजना बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनमार्फत् ४३ खर्ब २९ अर्ब रुपैयाँ दान गर्ने छ । उनले अहिलेसम्म गेट्स फाउन्डेसनलाई ३ खर्ब २७ अर्ब ६० करोड रुपैयाँ (अहिलेको अमेरिकी डलर मूल्यअनुसार) दान गरिसकेका छन् ।

मार्क जुकरबर्ग

फेसबुकका संस्थापक एवं अध्यक्ष मार्क जुकरबर्ग पनि दानविरको सूचीमा शीर्ष स्थानमै छन् । मार्कले आफ्नी श्रीमती प्रिसेला च्याङसँग मिलेर सन् २०१० मा १ खर्ब १७ अर्ब रुपैयाँ दान गरेका थिए ।

उनले नेवार्क पब्लिक स्कुललाई दिएको यो चन्दाले निकै चर्चा पाएको थियो । त्यसबाहेक जुकरबर्गले गेट्स फाउन्डेसनका साथै अरू सामाजिक संस्थामार्फत पनि अरबौ रुपैयाँ दान गरिरहेका छन् । सन् २०१३ मा जुकरबर्गले फेसबुकको २ अर्ब १० करोड ६० लाख रुपैयाँ बराबरको सेयर सिलिकन भ्यालीको कम्युनिटी फाउन्डेसनलाई दान दिएका थिए । जुकरबर्गले छोरी म्याक्स जन्मिएपछि फेसबुकमा रहेको आफ्नो ९९ प्रतिशत सेयर च्याङ–जुकरबर्ग योजनालाई दान गरेका थिए ।

निक उडम्यान

गो प्रो क्यामेरा उत्पादक कम्पनीका संस्थापक एवं सिईओ पनि ठूला दानीहरूको सूचीमा छन् । अहिले सर्वाधिक रुचाइएको गो प्रो क्यामेराका संस्थापक उडम्यानले सन् २०१४ मा ५८ अर्ब ५० करोड रुपैयाँ सिलिकन भ्यालीको कम्युनिटी फाउन्डेसनलाई दान दिएका थिए ।

जोन आर्नोल्ड

ऊर्जा क्षेत्रका ब्यापारी जोन आर्नोल्ड अमेरिकी धनाढ्य हुन् । उनले पनि आफ्नो आम्दानी श्रीमती लाउरासँग मिलेर खोलेको फाउन्डेसनमार्फत मानवीय कार्य गर्ने संस्थाहरूलाई दान दिने गरेका छन् । उनीहरूले आफ्नो आम्दानीको आधा हिस्सा सन् २०१२ मा दान गरेका थिए । जोन लाउरा फाउन्डेसन प्राथमिक तथा माध्यमिक शिक्षाको विकासका साथै अपराध नियन्त्रणको क्षेत्रमा समेत सक्रिय छ । आर्नोल्डले अहिलेसम्म ४९ अर्ब ४९ करोड १० लाख रुपैयाँ दान गरिसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...