Thursday 10th September 2026

हेटाैंडामा कुटपिटबाट एक व्यक्तिको मृत्यु


तितोपाटी – हेटौंडा उपमहानगरपालिका ११ मा एक जनाको कुटपिटबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १२ का रमेश राना मगरको अज्ञात व्यक्तिको कुटपिटबाट मृत्यु भएको हो ।

राप्ती खोला पारि रहेको जेठानको घरबाट वारि नवलपुर तिर आउँदै गरेका रानाको बञ्चरो र रडको प्रयोग गरी हत्या गरिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । हेटौंडा ११ नवलपुर र १२ सिग्रेनी जोड्ने झोलुङ्गे पुलमा गएराति उनीमाथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...