Thursday 10th September 2026

खोटाङमा जीप दुर्घटना, ६ जना घाइते


तितोपाटी – खोटाङमा जीप दुर्घटना हुँदा ६ यात्रु घाईते भएका छन् । सुनसरीको धरानबाट ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका लागि छुटेको ना १ ज ५६२७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सवार यात्रु घाईते भएका हुन्।

सोमबार राती रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित कोलडाँडामा सडकबाट जीप पल्टिँदा मोरङ पथरीका जीप चालक लक्ष्मण माझी, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका हर्कबहादुर भट्टराई, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका जर्मन भुजेल, उनकी श्रीमती सरिता भुजेल लगायत घाईते भएका हुन् । उनीहरुलाई उपचारका लागि काठ्माण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

दुर्घटनामा सामान्य घाईते भएका इटहरी उपमहानगरपालिका–१९ तरहराका खेमकुमारी बस्नेत र सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–४ जुबुका सञ्जिव गुरुङ स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । ब्रेक फेल हुँदा जीप सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...