Thursday 11th June 2026

कुवेतमा भारी वर्षा,वर्षाका कारण सार्वजानिक बिदाको घोषणा


बसन्त थापा,कुवेत/कुवेतमा भारी बर्षाको कारण मंगलवारको दिन कुवेतमा कुवेत सरकारले सर्वजानिक बिदा दिने घोषणा गरेको छ। 

सोमबार देखी सुरु भएको वर्षात मंगलबार बिहान सम्म जारी रहेको थियो,रातभरिको बर्षाको कारण कुवेतको बिभिन्न स्थान हरुमा कुवेत यरवेज द्वारा अप्रेशन जारी रहेको साथ साथै मौसम विज्ञान विभागका सरकारी निकायहरू र बिभागहरू द्वारा लागु गरिएको भारी बर्षा बाढीको कारण सर्वजनिक र निजी बिद्यालयहरू साथै बिश्वबिधालयहरू र शैक्षिक संस्था हरू बन्द रहने बताएका छन।

त्यस्तै आग्नि सेवा र गृहमन्त्रालयका अधिकारी हरूले बाढी आएको क्षत्रमाहरूमा उद्धार कार्यमा निरन्तर लागी रहेका छन।

उक्त बाढीको कारण हाल सम्म भने कुनै मानवीय क्षति भने भएको छैन।

बाढी आएको समय घरबाट बाहीर निस्कन तथा बाढीका राजमार्ग हरूमा आवतजावत र लामो दुरीको यात्रा समेत नगर्न कुवेत सरकारले निर्देशन दिएको छ।

साधारण अवस्थामा भन्दा वर्षाको समयमा बाटोको प्रतिकृया भिन्न हुने हुदाँ सवारी दुर्घटनाको जोखिम पनि बढ्ने गर्दछ । कुवेतमा यो हप्ताभरि नै वर्षाको सम्भावना रहेको हुँदा सवारी चालकहरुले सर्तकता अपनाउनुपर्ने देखिन्छ । 

कुवेतले ७५ देखी १५० मिलीलीटर औषत बर्षात (वार्षिक २९५९५९० प्राप्त गर्दछ) सोमवार परेको वर्षाको भने अझै सम्म रिपोर्ट गरीएको छैन

हालसालै आन्तरिक मन्त्रालय अन्तर्गतको जनसरोकार विभागले सवारी सुरक्षाको लागि आफ्नो समाजिक सन्जाल मार्फत दिएको सावधानीको उपायहरु यस्ता छन

१.वर्षाको समयमा सडक चिप्लो रहने हुँदा गति सिमित राख्नुहोस । बाटो संग सुहाउने गतिमा मात्र सवारी हाक्नुहोस् ।

२.साधारण अवस्थामा भन्दा चिप्लो बाटोमा ब्रेक लाग्न ३ गुणा बढी समय लाग्ने गर्दछ । त्यसैले दुई सवारी भन्दा बढीको अन्तर राख्नुहोस ।

३.वाइपरको प्रयोग गरिराख्नुहोस । सवारी भित्रको सिसामा बाफ बसेको खण्डमा एसी को प्रयोग गर्नुहोस ।

४.ओभरटेक र बारम्बार लेन बदल्ने काम नगर्नुहोस ।

५.पानी भरिएको ठाउँबाट सवारी नहाक्नुहोस । त्यस्तो ठाउँको गहिराई थाहा नहुने हुँदा दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ

५.पानी भरिएको ठाउँबाट सवारी नहाक्नुहोस । त्यस्तो ठाउँको गहिराई थाहा नहुने हुँदा दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ ।

भारी वर्षा पछि सवारी अावागमनमा असहज भएको पुष्टि गर्ने केही भिडियोहरू


सम्बन्धित शीर्षकहरु

ताइवानले HIMARS मोबाइल रकेट प्रणाली प्रयोग गरेर चीनतर्फ सैन्य अभ्यास गरेको छ, जसबाट सम्भावित चिनियाँ आक्रमणको प्रतिरक्षा क्षमता प्रदर्शन गरिएको…

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि थप कडा आक्रमण गर्ने चेतावनी दिएका छन् र सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेका छन्। अमेरिकी हेलिकोप्टर…

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको छ। फ्लाईदुबईले आगामी २३ सेप्टेम्बर…

प्रतिकृयाहरू
...