Wednesday 7th October 2026

सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य


तिताेपाटी — सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ ।

यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो ।

पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट र फिक्कल प्रहरी चौकीको सक्रियतामा सार्वजनिक यातायातमा अनिवार्य यात्रुलाई टिकट दिने कार्य शुरु भएको हो ।

सूर्योदय जिप तथा ट्याक्सी कम्पनी प्रालिको आयोजनामा बिहीबार सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले यातायात व्यवसायीका प्रतिनिधिलाई टिकट बुक हस्तान्तरण गरे ।

उहाँले यात्रुलाई प्रदान गरिने टिकटमा ठाउँको समेत नाम राखेर भाडादर लेखिनुपर्नेमा जोड दिए ।

सरकारले इलामको फिक्कलबाट विर्तामोडसम्म रु १५०, इलामसम्म रु १५०, पशुपतिनगरसम्म रु ५०, कुटिडाँडासम्म रु ५०, श्रीअन्तुको भञ्ज्याङसम्म रु १२० र तीनघरेसम्म रु ५० भाडादर निर्धारण गरेकोे छ ।त्यस्तै फिक्कलबाट नयाँबजारसम्म रु १८०, गोर्खेसम्म रु १०० भाडादर तोकिएको छ ।

रासस


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...