Tuesday 27th October 2026

मन्त्रिपरिषद्ले गर्याे १२ वटा निर्णय


तिताेपाटी – प्रदेश नं १ सरकारको आज बसेको मन्त्रिपरिष्द बैठकले प्रदेश योजना आयोग गठन गर्ने लगायत विभिन्न १२ वटा निर्णय गरेको छ ।

बैठकले आयोगको उपाध्यक्षमा विराटनगर निवासी मानवअधिकारकर्मी सुवोधराज प्याकुरेल, सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गरेको छ ।

बैठकपछि आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले प्रदेश नं १ को सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधि २०७५ लाई स्वीकृति दिने निर्णय गरेको बताए ।

बैठकले सुनसरी जिल्लाको कोशी गाउँपालिकास्थित कोशी कटानक्षेत्र नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम र फिदिम दुई शहरलाई नयाँ शहरको रुपमा विकास गर्न स्वीकृति प्रदान गरेको छ । त्यसका लागि सङ्घीय सरकारबाट रु १७ करोड विनियोजन भइसकेको छ । बैठकले प्रदेश सरकारको मातहतमा रहेका भौतिक सम्पति प्रदेश सरकारको मातहतमा ल्याउने निर्णय गरेको छ । साथै, कोशी प्रतिष्ठान विधेयक मस्यौदालाई स्वीकृत गर्ने निर्णय ग¥यो । मन्त्रिपरिषद्ले प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम –२०७५ लाई स्वीकृत गर्दै झापा दमकको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकार मातहत ल्याउने निर्णय ग¥यो । रासस


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...