Tuesday 27th October 2026

मीटूः भाइ साजिदमाथि लागेको यौन शोषणको आरोपमा फराह खानको यस्तो प्रतिक्रिया


फिल्म निर्माता–कोरियोग्राफर फराह खानले आफ्ना निर्माता भाइ साजिद खानविरुद्ध लागेको यौन शोषणको आरोपबारे सोधिएको प्रश्नको जवाफ दिनबाट बचिरहेकी छिन् ।

फराह बुधबार अमिताभ बच्चन, जया बच्चन, श्वेता नन्दा र मनिष पलसँग एक किताब बिमोचन कार्यक्रममा उपस्थित भएकी थिइन् ।

उक्त कार्यक्रममा जब पत्रकारले प्रश्नको सिलसिला सुरु गर्न चाहे तब उनले भनिन्, ‘यो बिन्दुमा, अब हामी हिँड्नुपर्छ ।’ यति भनेपछि उनी फटाफट त्यहाँबाट हिँडिन् ।

साजिद खानमाथि अभिनेत्री सलोनी चोपडा, राचेल ह्वाइट र पत्रकार करिश्मा उपाध्यायले यौन उत्पीडनको आरोप लगाएका छन् । साजिद खानमाथि लागेको गम्भीर आरोपपछि उनकी दिदीले अक्टोबर १२ तारिखमा ट्वीट गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यो मेरो परिवारका लागि आहत गरिदिने समय हो । हामीले निकै मुश्किल मुद्दामा काम गर्न आवश्यक छ ।’

‘यदि मेरो भाइले यस्तो व्यवहार गरेको भए उनले यसको निकै ठूलो मूल्य चुकाउनुपर्छ । म कुनै पनि हालतमा यस्तो व्यवहारको समर्थन गर्दिनँ र आहत महिलाको एकजुटतामा उनीहरुको साथमा छु,’ उनले लेखेकी थिइन् ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...