Tuesday 6th October 2026

खाचिकोट ७ मैदानमा त्रयोदशी मेला भव्यरूपमा सम्पन्न


तितोपाटी – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका खाचिकोट ७ स्थित हिजो महान चाड बडा दशैं टीकाको तेस्रो दिन भगबती मन्दिरमा त्रयोदशीको अवसर पारेर हिजो सोमबारका दिन बृहत सराय जात्रा सहित फूलपाती बिसर्जन गरिएको छ ।
प्रत्येक वर्ष त्रयोदशीको अवसरमा भगबती मन्दिरको वरीपरी लाग्ने अर्घाखाँची जिल्लाकै प्रसिद्द यो मेला रहेको हो। उक्त त्रयोदशी मेलामा अर्घाखाँची जिल्ला लगायत , जिल्ला बाहिरबाट हजारौं दर्शनार्थीहरुको उपस्थित रहेको थियो ।
उक्त मेलामा स्थानीय विभिन्न गाविस एवम् छिमेकी जिल्ला र देशको विभिन्न ठाउबाट मेला भर्न आउने हजारौ तिर्थालु एवम् दर्शकहरुको घुइचो लागेको थियो भगबती मन्दिरमा चढाइएको फूलपाती लिई पञ्चेबाजाको तालमा खुडा, खुकुरी, तरवार नचाउँदै निकालिएको सराय जात्रा मैदान बजार परिक्रम गरी भगबती मन्दिरबाट फूलपाती लिई हजारौको संख्यामा हाथमा घरेलु हथियार लिएर सरायँ खेल्दै फूलपाती विसर्जन गरिएको हो ।
कार्यक्रमको बारेमा बताउदै वडा अध्यक्ष प्रीतम थापाले हामी हाम्रा सस्कृतिमा धनी भएको र हाम्रा चिनारी पहिचान नै यिनै भएकोले यस प्रकारका हाम्रा पहिचानहरु को संरक्षण गर्नु कर्तब्य पनि रहेको उल्लेख गरेका थिए । साथै उनले समृद्ध खाचिकोटको निर्माणमा एकजुट भएर लाग्न समेत अनुरोध गरेक थिए ।
उक्त कार्यक्रममा बागमारा सामुदायिक क्लबले निकै महत्त्वपूर्ण भुमिका निभाएको थियो क्लबमा आबद्ध सकृय सदस्य द्वारा गाडी पार्किङ्ग र भिडभाड नियन्त्रण गर्नको लागी क्लबमा आबद्ध सदस्य हरुलाई खटाइएको थियो। क्लबका अध्यक्ष कमल केसिका अनुसार बागमारा सामुदायिक क्लब बागमाराले अगामी दिनहरुमा अझ बृहत रूपमा क्लब लाई अगाडि बढाउने बताएका छन।

 


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...