Wednesday 7th October 2026

कतार प्रहरीले पक्रियो एनआरएनका मध्यपूर्व संयोजक


तितोपाटी – कतार प्रहरीले एक गैर आवासीय नेपालीलाई पक्राउ गरेको छ।

सुन तस्करी गरेको अभियोगमा एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ परेका हुन्। कतार प्रहरीले राजेन्द्र कुमार शर्मा भन्ने आरके शर्मालाई गत मंगलबार कतारमा पक्राउ गरेको हो।

पिगोन इन्जिनियरिङ कम्पनीका सञ्चालक समेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

शर्मामाथि कतार प्रहरीले अनुसन्धान गरिरहेको स्रोतले जानकारी दिएको छ।

– सेतोपाटी


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...