Tuesday 27th October 2026

चालक निदाएका कारण नवलपरासीमा बस पल्टियो, ५ जनाको मृत्यु


तितोपाटी — सिट क्षमताभन्दा बढी यात्रु बोकेको रात्री बस महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिक आज बिहान ५ बजे दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

४० जना यात्रु बोक्ने क्षमताको धरानबाट भैरहवातर्फ जाँदै गरेको रात्री बसले ५२ यात्रु बोकेको प्रहरीको भनाई छ ।

दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । बसका चालक निदाएका कारण बिहान बस राजमार्गबाट देब्रेतर्फ पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।
– कान्तिपुर


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...