Tuesday 27th October 2026

८ महिने शिशुको बलात्कारपछि हत्या गर्ने अभियुक्त पक्राउ


तिताेपाटी -एक ८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् । घटना लगत्तै पहिचान भइसकेका भनिएका अभियुक्तलाई पक्राउ गर्न नसकेपछि प्रहरी प्रशासनको आलोचना हुँदै आएको थियो ।

८ महिने शिशु सोनाली चौधरीको बलात्कार पछि हत्या भएको २ महिना पछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वा बस्ने २५ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त साह प्रदेश नम्बर १ स्थित मोरङको भण्टाबारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

महोत्तरीको भंगहा प्रहरी चौकीमा केहि महिना अघि इन्चार्जको रुपमा कार्यरत्त रहेका प्रहरी सहायक निरीक्षक अवधलाल साह हाल भण्टावारी स्थित प्रहरी चोकीमा कार्यरत रहेको र उनकै टोलीले भरत साहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गत भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगि बलात्कारपछि हत्या गरेर आप बगैचामा फालेका थिए ।

उनले शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजको आधारबाट हत्यारा साह नै रहेको पहिचान भएको थियो । तर घटना अभियुक्त साह लुकिछिपी भाग्दै आएका थिए ।

घटना पश्चात हत्यारालाई पक्राउ गरी कारवाहीको माग गर्दै औरही स्थित व्यवसायीले आन्दोलन समेत गरेका थिए ।

-राताेपाटी


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...