Tuesday 27th October 2026

खुकुरी प्रहार गरी हत्या


तिताेपाटी — मोरङको पथरीशनिश्चरे-८ शुक्रबारेमा धारिलो हतियार प्रहार गरी एक जना व्यक्तिको हत्या भएको छ । शुक्रबार राती १० बजे स्थानिय २७ वर्षीय विजय खड्काको खुकुरी प्रहार गरी हत्या भएको हो ।

खड्काको हत्या गरेको अभियोगमा प्रहरीले स्थानिय १७ वर्षीय कृष्ण विष्टलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईँले विष्टको साथबाट हत्या गर्न प्रयोग भएको खुकुरी समेत बरामद गरिएको जानकारी दिए ।

मृतक खड्काको टाउको लगायत शरिरका विभिन्न भागमा प्रहार भएको थियो । उनको शव उर्लावारी-३ स्थित मंगलबारे अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको छ ।

-कान्तिपुर


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...