Wednesday 16th September 2026

स्थानीय तह संरचनाको विरोध गर्दै, गाउँपालिकामा तोडफोड


तिताेपाटी – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रौतहट जिल्लाको विभिन्न स्थानमा स्थापना गरिएको गाउँपालिका कार्यालयमा झुण्डाएको साइनबोर्ड तोडफोड गरेका छन्। स्थानीय तह संरचनाको विरोध गर्दै उनीहरुले वोर्ड तोडफोड गरेका हुन्।

रौतहटमा तीन नगरपालिका र १३ गाउँपालिका सहित स्थानीय तह कार्यान्वयन भएका १६ वटा कार्यालयहरु मध्ये अधिकांश कार्यालयका साइनवोर्डहरु तोडफोड गरिएको आजको नागरिक दैनिकमा खबर छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा झुण्डयाइएका साइन बोर्डलाई मोर्चाका कार्यकर्ताहरुले बुधवार दिउँसो तोडफोड गरेका थिए। यसैगरी इशनाथ गाउँपालिका औरैयामा उद्घाटन कार्यक्रम संचालन भईरहदा मोर्चाका कार्यकर्ताहरुले कार्यक्रम विथोलेर आगजनी गरेका थिए।

यस्तै दुर्गा भगवती गाउँपालिका गंगापिपरा, माधवनारायण गाँउपालिका, गढीमाई, गुजरामाई, पतुवा विजयपुर, कटहरिया, देवाही, मौलापुर गाउँपालिकाहरुमा झुण्डयाइएको बोर्ड तोडफोड गरी जलाएपछि कामकाज ठप्प भएको जिल्ला समन्वय समिति रौतहटले जनाएको छ। समन्वय समितिका संयोजक उमेश बस्नेतले राजपुर र परोहा गाउँपालिकाको उद्घाटन गरिएको उनले बताए।

वृन्दावन गाउँपालिका विश्राम्पुरमा कार्यालय संचालन भएपनि राष्ट्रिय झण्डा र कालो झण्डा दुइटै झुण्डयाइएको जानकारी दिदै संयोजक बस्नेतले राजनीतिकरुपमा समस्या समाधान नभए सम्म स्थानीय तहमा काम गर्न निकै गाह्रो भएको बताए।

स्थानीय निकायको पुर्नसंरचनाको विषयलाई लिएर रौतहटमा विरोध गरेको मोर्चाले जनाएको छ। समान जनसंख्याको आधारमा स्थानीय तहको पुनर्संरचना हुनु पर्ने र संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुनुपर्ने माग मोर्चाको रहेको नेपाल सदभावना पार्टीका नेता अनिल सिंहले बताए।


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...