Tuesday 27th October 2026

रावणको पुत्ला दहन गरेको ठाउँमा रेल दुर्घटना, कम्तिमा ५० जना मारिए


तिताेपाटी -रावणको पुत्ला दहन गरिरहेको भीडलाई रेलले ठक्कर दिँदा भारतको अमृतसरमा कम्तिमा ५० जनाको ज्यान गएको छ । प्रत्यक्षदर्शीले दुइ सय जना मारिएको दावी गरेका छन् ।

शुक्रबार पठानकोटबाट अमृतसर आउँदै गरेको रेलले जोडाफाटकमा रेलवे ट्रयाक नजिकै दसहराको साँझ रावणको पुत्ला दहन गरिरहेको जनसमूहलाई ठक्कर दिएको हो । विभत्स दुर्घटनामा एक सय बढी घाइते भएका छन् ।

रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको र त्यही वेला पछाडिबाट आएको रेलले ठक्कर दिँदा विभत्स दुर्घटना भएको बिबिसीले जनाएको छ । अमृतसर प्रहरीले कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले  ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनालार्इ ह्रदयविदारक भनेका छन् ।

मोदीको ट्वीटमा भनिएको छ, ‘घटनामा ज्यान गुमाएकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।’

– एजेन्सी


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...