Tuesday 6th October 2026

बरंजामा भूतपूर्व बिद्यार्थी क्लब द्वारा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न 


तितोपाटी – म्याग्दी जिल्लाको मंगला गाउँपालिका -३ बरंजाको महेन्द्र रत्न माध्यामिक बिधालयको भूतपूर्व बिद्यार्थी क्लब द्वारा एस.इ.इ र १२ पास गरेकालाई सम्मान तथा शुभ बिजया दशमी, दिपावली, नेपाल सम्वत ११३९ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

टक बहादुर थापाको सभापतित्वमा सप्पन्न कार्यक्रममा प्रमुख अतिथि मंगला गाउँपालिकाको अध्यक्ष सट प्रसाद रोका र अतिथिहरुमा चन्द्रमनि साप्कोटा, मंगला गाउँपालिका -३ बरंजाका अध्यक्ष कबिन्द्र रोका, मंगला गाउँपालिका- ४ बरंजाका अध्यक्ष रबि रोका, महेन्द्र रत्न माध्यामिक बिधालयका प्र.अ कृष्णलाल साप्कोटा, महेन्द्र रत्न माध्यामिक बिधालयका भूतपूर्व प्र.अ याम बहादुर रोका र भूतपूर्व बिद्यार्थी क्लबका भूतपूर्व अध्यक्ष रहेका थिए ।

क्लबका सचिब दिपक आचार्यले कार्यक्रम संचालन गरेका थिए भने शंकर साप्कोटाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा भूतपूर्व बिद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो । क्लबले एस.इ.इ र १२ पास गरेका सम्पुर्ण बिद्यार्थीलाई उज्ज्वल भविष्यको कामना सहित खादा र सम्मान पत्र द्वारा प्रमुख अतिथि, सभापति र अतिथिले सम्मान गरेका थिए ।

कार्यक्रममा चन्द्रमनि साप्कोटाले बरंजाकाे बिकास तथा सम्भावना सम्बन्धि प्रतिबेदन प्रस्तुत गरेका थिए भने बिधालयमा छिट्टै बिज्ञान प्रयोगशाला राख्नको लागि पहल गरिरहेको जानकारी पनि गराएका थिए । भूतपूर्व प्र.अ याम रोकाले बरंजा बाट बसाइँसराइ गर्नेहरुको प्रतिबेदन प्रस्तुत गरेका थिए भने कृष्णलाल साप्कोटाले बिधालयको वर्तमान अवस्था बारेमा जानकारी गराएका थिए ।

भूतपूर्व बिद्यार्थी क्लबले विभिन्न समयमा हाजिरी जवाफ प्रतियोगिता , खेलकुद, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथिले भूतपूर्व बिद्यार्थी क्लबको कार्यलाई उच्च मुल्यांकन गर्नुको साथै क्लबको लागि हरदम सहयोग गर्नको लागि पछि नपर्ने बताएका थिए ।

कार्यक्रमका सभापति टक बहादुर थापाले कार्यक्रम समापन गर्दै भब्य र सब्य रुपमा कार्यक्रम सफल पार्न उपस्थित सम्पुर्ण लाई हार्दिक धन्यवाद प्रकट गर्दै महेन्द्र रत्न माध्यामिक बिधालयका सम्पुर्ण भूतपूर्व बिद्यार्थीहरु लाई एकता गरि अगाडी बढ्ने बताएका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...