Tuesday 27th October 2026

बरंजामा भूतपूर्व बिद्यार्थी क्लब द्वारा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न 


तितोपाटी – म्याग्दी जिल्लाको मंगला गाउँपालिका -३ बरंजाको महेन्द्र रत्न माध्यामिक बिधालयको भूतपूर्व बिद्यार्थी क्लब द्वारा एस.इ.इ र १२ पास गरेकालाई सम्मान तथा शुभ बिजया दशमी, दिपावली, नेपाल सम्वत ११३९ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

टक बहादुर थापाको सभापतित्वमा सप्पन्न कार्यक्रममा प्रमुख अतिथि मंगला गाउँपालिकाको अध्यक्ष सट प्रसाद रोका र अतिथिहरुमा चन्द्रमनि साप्कोटा, मंगला गाउँपालिका -३ बरंजाका अध्यक्ष कबिन्द्र रोका, मंगला गाउँपालिका- ४ बरंजाका अध्यक्ष रबि रोका, महेन्द्र रत्न माध्यामिक बिधालयका प्र.अ कृष्णलाल साप्कोटा, महेन्द्र रत्न माध्यामिक बिधालयका भूतपूर्व प्र.अ याम बहादुर रोका र भूतपूर्व बिद्यार्थी क्लबका भूतपूर्व अध्यक्ष रहेका थिए ।

क्लबका सचिब दिपक आचार्यले कार्यक्रम संचालन गरेका थिए भने शंकर साप्कोटाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा भूतपूर्व बिद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो । क्लबले एस.इ.इ र १२ पास गरेका सम्पुर्ण बिद्यार्थीलाई उज्ज्वल भविष्यको कामना सहित खादा र सम्मान पत्र द्वारा प्रमुख अतिथि, सभापति र अतिथिले सम्मान गरेका थिए ।

कार्यक्रममा चन्द्रमनि साप्कोटाले बरंजाकाे बिकास तथा सम्भावना सम्बन्धि प्रतिबेदन प्रस्तुत गरेका थिए भने बिधालयमा छिट्टै बिज्ञान प्रयोगशाला राख्नको लागि पहल गरिरहेको जानकारी पनि गराएका थिए । भूतपूर्व प्र.अ याम रोकाले बरंजा बाट बसाइँसराइ गर्नेहरुको प्रतिबेदन प्रस्तुत गरेका थिए भने कृष्णलाल साप्कोटाले बिधालयको वर्तमान अवस्था बारेमा जानकारी गराएका थिए ।

भूतपूर्व बिद्यार्थी क्लबले विभिन्न समयमा हाजिरी जवाफ प्रतियोगिता , खेलकुद, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथिले भूतपूर्व बिद्यार्थी क्लबको कार्यलाई उच्च मुल्यांकन गर्नुको साथै क्लबको लागि हरदम सहयोग गर्नको लागि पछि नपर्ने बताएका थिए ।

कार्यक्रमका सभापति टक बहादुर थापाले कार्यक्रम समापन गर्दै भब्य र सब्य रुपमा कार्यक्रम सफल पार्न उपस्थित सम्पुर्ण लाई हार्दिक धन्यवाद प्रकट गर्दै महेन्द्र रत्न माध्यामिक बिधालयका सम्पुर्ण भूतपूर्व बिद्यार्थीहरु लाई एकता गरि अगाडी बढ्ने बताएका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...