Tuesday 6th October 2026

कर्णालीमा डुंगा दुर्घटना हुँदा २ जना वेपत्ता, ३ जना पाैडिएर बाँचे


तितोपाटी – कैलालीको चिसापानीमा अाज सोमबार साँझ डुंगा दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन् भने ३ जना पाैडिएर बाँच्न सफल भएका छन् । बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ  तर खोजी तथा उद्दारका लागि गएको प्रहरी टोली भने रात परेको भन्दै फर्किएको छ । राती उद्दार गर्नका लागि आवश्यक उपकरण अभाव हुँदा प्रहरी टोली फर्किएको हो ।

इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसीले घटना स्थलमा ‘नर्मल ड्यूटी’ टोली रहेको बताउँछन् । ‘अहिले पनि एउटा टोली त त्यहाँ छ । तर, राति उद्दार सम्भव भएन’ उनले भने, ‘उनीहरुलाई स्थानीयले लाइफ ज्याकेट दिएका छन् । केही परे उनीहरु खटिन्छन् ।’

स्थानीय प्रहरीले सशस्त्र प्रहरी र सेनाको टोलीलाई खबर गरे पनि अझैसम्म घटनास्थलमा पुगेका छैनन् । स्रोतका अनुसार सशस्त्रको टोलीले सोमबार बिहान मात्रै घटनास्थलमा उपस्थित हुन सक्ने जनाएको छ ।

पाैडिएर बाँच्न सफल ३ जनाको नदीमा पौडिँदै गरेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक दिपेन्द्र केसी नेतृत्वको टोलीले उद्दार गरेको थियो । उद्दारपछि उनीहरुको स्थानीय कीर्ति मेडिकल हलमा उपचार गरिएको छ ।

घटनामा कैलालीको जोशीपुर–५ का पुरुषोत्तम चौधरी र जोशीपुर–२ का समिर बडेला बेपत्ता भएका छन् ।

साँझ ६ बजे भएको दुर्घटना दुर्घटनाबारे खबर पाएलगत्तै प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो । तर, राति अवेरसम्म पनि उनीहरुको अत्तोपत्तो लागेन ।

स्थानीयबासीका अनुसार दुर्घटना भएको ठाउँ त्यहाँको स्थानीय पर्यटकीय क्षेत्र पनि हो । त्यहाँ पर्यटकको लागि स्थानीयले डुंगा सञ्चालन गरेका थिए ।

चौधरी, बडेलासहित ५ जनाको समूह आइतबार दशैंको उत्सव मनाउन भन्दै त्यहाँ गएको थियो । उनीहरुले नदीको एक किनारमा गएर मदिरा सवेन गरेका थिए । साँझ फर्किने क्रममा डुंगा दुर्घटनामा परेको हो ।

 


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...