Wednesday 26th August 2026

निर्मला हत्या प्रकरणमा छानविन समितिको प्रतिवेदन सार्वजनिक


तितोपाटी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको घटनाबारे छानबिन गर्न गठीत समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छ। समितिको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै सरकारको आलोचना भैरहँदा गृह मन्त्रालयले आइतवार प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो।

घटनाको छानबिन गर्न सरकारले गत भदौ ७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। गृह मन्त्रालयका सह सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले गत असोज ९ गते गृहमन्त्री समक्ष घटनाबारेको प्रतिवेदन पेश गरेको थियो। समितिको प्रतिवेदन सार्वजनिक नगरी लुकाएर राखिएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको थियो।

समितिले बुझाएको प्रतिवेदन ३७ पृष्ठको रहेको छ। सार्वजनिक गरिएको प्रतिवेदनले प्रहरी अधिकारीबाट छानबिनका क्रममा गम्भिर त्रुटी र लापरवाही भएको निष्कर्ष निकाल्दै उनीहरुमाथि विभागीय कार्वाहि गर्नुपर्ने सुझाव पेश गरेको थियो।

प्रतिवेदनको पुर्णपाठको लागि तलको लिंकमा क्लिक गर्नुहोसः

drive.google.com/…Js6h4hirwIMwjp6fkO/view

 

 


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...