Friday 19th April 2024

के थारु जाती र थारु समुदाय माथि संबिधान रुपि ग्रहण लागिरहन्छ ? 


जयनारायण माझी थारु – नेपालको आदि अनादी काल देखि नेपालको पुर्व देखि पश्चिमको तराई भु- भागमा बस्दै आएको भुमिपुत्र( मुलवासी) थारु समुदाय जसको आफ्नै भेष भुषा, छुटै भाषा, छुटै पहिचान, छुटै रहन सहन, आफ्नै संस्कृती, आफ्नै किसिमको मौलिक चाडबाडले भरी भराउ थारु समुदाय जसको नेपालमा आफनै एउटा छुटै अस्तित्व र पहिचान छ । हाम्रो छुटै अस्तित्व र पहिचान हुँदा हुँदै आज  किन हामी थारु समुदाय राज्यको हरेक अङ्ग तथा संबैधानिक अधिकार बाट  विभेद बन्चित गराइएका  छौँ ? अहिले एकाईसौ सताव्दिको सङ्घारमा आईपुुुुग्दा पनि हामी के अझै विदेसको लागि तथा आफ्नै देशको लागि मजदुर कमैया कमलरी नोकर जन्माउने जात हो..? किन हामिलाई अझै पनि राज्यपक्षले मुसा खाने जात देखछन ..? के हाम्रो थारु समुदाय अझै पनि संबैधानिक अधिकार  तथा राज्यसत्ताको पक्षमा आफ्नो पहिचानको लागि लडिरहने ..? के थारु जातजातिले आफ्नो स्वयत्तताको लागि राज्य सङ्ग भिख मागि रहेने ..? अहिलेको वर्तमान समयमा थारु जातिमा यि विषम प्रस्न उठिरहेको छ । यसको समाधान कहिले हुने र थारु समुदायले कहिले सार्वभौम समपन्न भएर खुसिको स्वास फेर्न पाउने…?

बिगतमा नेपालमा जब व्यवस्था परिवर्तनको अभ्यास हुँदै गर्दा , थारु समुदायले आफुहरुलाई राजनैनिक तवरले अगाडि उभ्याउन सकिरहेको थिएन । किन कि त्यति खेर नेपालमा थारु समुदाय अशिक्षित,  पुरातनवादी सोच, बेरोजगारी रुढीबादी परम्पराबाट ग्रसित थिए । भर्खर भर्खर त्यति खेर थारुहरु तराईमा हैजाभौति, मलेरिया , डेङ्गु, काला ज्वरसँग संघर्स गर्दै आफ्नो अस्तित्व बचाउदै एक ठाउँ बाट अर्को ठाउँमा बसाई सराई गर्दै,आफुलाई सामर्थ्य बनाउन लागि परेका थिए । जब थारु जाती वा समुदाय आफुहरुलाई सामर्थ्य र शक्ति प्रदर्शन गर्नको लागि त्यार भए, त्यतिखेर तत्कालीन राज्यसत्ताबाट  थारु समुदाय माथी राज्यको तर्फबाट दमनको शुरूवात भयो । कहिले भुमी हकबन्धी त कहिले मुभिसुधार तथा सँग सँँगै थारुजाति कै केही निजि स्वार्थमा लिप्त भएका सामन्तवादी सोच भएका व्यक्तिहरूबाट नै थारु जातिलाई दवाउने खेल भयो । त्यति खेरको जमिनदारि प्रथा, खरदारीप्रथा, पश्चिम नेपालको थारुहरुमा कमैया प्रथा, कमलरी प्रथा, आजिवन जमिनदार तथा खरदारको घरमा नोकरी गरेर खाने प्रथा, यी सबै किसिमको दमनबाट थारु समुदाय शिक्षा, स्वास्थ, आफ्नो मौलिक हक अधिकार र पहिचान लगायत हरेक कुराबाट बन्चित हुन पुग्यो। अनि कसरी हुन्छ त हाम्रो समाजको उन्नति र बिकास..? त्यति खेर हामी समाजमा रहेको समान्ती र आफ्नो स्वार्थमा निहित ती ब्यतीहरु सङ्ग लड्न सकेनौ र उनिहरु दिन दिनै धनी र एेस अरामको जीवन बिताउन सफल भए । हामी र हाम्रो समुदाय उहीँ उत्तपिडनमा बाचिरहयौ ।

अर्को पाटो –  नेपालमा राजनैतिक परिवर्तन सँगै प्रजातन्त्रको स्थापना देखि .. निर्दलिय पन्चायति व्यवस्था तथा प्रजातन्त्रको पुनःबाहली पश्चात्  थारु समुदायको केही व्यक्तिहरू पनि शासन सत्तामा पुग्न  सफल भए । थारुहरु शासन सत्तामा पुगे पनि आफ्नो नीजि स्वार्थ, महत्वाकांक्षी पद लुब्ध भएर आफुनिहित स्वार्थ गर्नका लागि तल्लिन मात्र भए । हाम्रो थारु समुदायमा त्यसता ब्यतीहरु पनि छन् जो नेपालमा प्रजातन्त्रको स्थापना सँगै पन्च्यातीकाल हुँदै प्रजातन्त्रको पुनर्वहाली पश्चात देशमा गणतन्त्रको स्थापना हुँदासम्म  आफुहरु राज्यसत्ताको  करिब करिब नजिकै रहेर तीन दसकसम्म सत्ताको केन्द्रबिन्दुको पात्र बनि रहे । सत्तामा हुँदा हुदैपनी थारु समुदायको हकहितको लागि, थारुहरुलाई राज्यमा  संबैधानिक अधिकारको लागि थारुहरुको स्वयत्त प्रदेश हुनु पर्छ भनेर आफ्नो आवाज कहिले बुलन्द गर्न सकेनन्  ।  त्यसैले पनि हाम्रो थारु जातिको हक अधिकार र पहिचान सहित को स्वयत्तता नेपालको संविधानमा प्राथमिकता पर्न सकेन । तर पनि हामी अझ सङ्घर्स गरिरहेका छौ र आउने दिनमा पनि लड्नु नै हाम्रो बिकल्प हो । अहिले हाम्रो देशले नयाँ संविधान पाएको छ , जुन संविधान आधा गिलासको पानी जस्तै छ र यसलाई संसोधन गरेर सबै जातजातिको हकाधिकार सुनिस्चित गरोस भन्ने थारु समुदायको जोडदार माग हो ।

हाम्रो देशमा अहिले संविधान कार्यन्वयनको लागि १ वर्ष अगाडि नै  तीन तहको चुनाव समपन्न भएको छ  तर के हामीले संविधानमा आफ्नो हक अधिकार प्राप्तिको लागि हाम्रो जातिको अधिकारको निम्ति लड्ने हरेक निकायमा आफ्नो मत दिएर थारु नेताहरु तथा  नेतृत्व पंतिलार्इ अधिकार समपन्न बनाउन सक्यौं ..? अहिले बर्तमान राजनितिक विषयको बहस थारु समुदाय माथी उठेको छ। हाम्रो समुदायले आशन्न १ वर्ष आगाडी  भएको निर्वाचनमा आफुहरुलाई  अझ सशक्त भएर उभ्याउन सकेन । बिड्म्बणा नै भन्नू पर्छ, अझै पनि हाम्रो थारु समुदाय र समाजमा थारु र दारु पर्यायवाची शब्द भनेर गलत साबित गर्न सकेनौ । अझै पनि नेपालमा निर्वाचन हुँदा हाम्रो अमुल्य मताधिकार एक गिलास दारु र एकथाल मासुमा बेच्न तयार भयौं, हाम्रो समुदायमा राजनीतिक चेतना ल्याउन सकेनौ, हामी र हाम्रो समुदायमा  राजनीतिक सोच बद्लिन सकेनौ । त्यसले हामी र हाम्रो समुदाय अझै अधिकारको लागि, शिक्षाको लागि, स्वास्थको लागि समृद्धिको लागि, आफ्नो पहिचानको लागि, आफ्नो स्वयताको लागि र आफ्नो मौलिक अधिकार प्रत्याभुतीको लागि कहिले सम्म कुर्नु पर्ने हो ?  त्यो भविष्यको गर्भमा छ ।

अब हाम्रो बिकल्प भनेको हाम्रो थारु समुदायमा अति नै आवश्यक भनेको राजनीतिक चेतना ल्याउनु हो । थारु समुदायमा कसरी चेतना ल्याउन सकिन्छ त्यस विषयमा अग्रसर भएर लागि पर्ने जिम्मेवारी अबको थारु समाजको हरेक युवा तथा परिवर्तन चाहने अगुवाहरुको काधमा छ ताकी आब आउने ४ वर्ष पछिको स्थानीय निकाय, प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचनमा हाम्रो समुदायको हक अधिकार, पहिचान सहितको स्वयत्तता, थारु समाजको उन्नति, आर्थिक समृद्धि गर्न तत्पर र एजेन्डा बोकेको थारु युवा वर्ग र अगुवा लाई चुनेर पठाउन सकियोस । अनि मात्र सम्भव छ , हाम्रो समाजको बिकास र उन्नति ।
भनिछ नि, आधुनिक समयको माग अनुसार समाज वा समुदायलार्इ परिवर्तन गर्नको लागि त्यस समाजमा रहेको युवा पंति तथा नेतृत्वदायी भुमिकामा रहेको व्यक्तिको सामाजिक र राजनीतिक ब्यवहारमा भर पर्छ । त्यसैले समाज र समुदाय परिवर्तनको सम्बाहक आफू पनि बनौ र अरु लाई पनि परिवर्तनको सम्बाहक बनाउन अभिप्रेरित गरौ, आफू बदलौ, अनि परिवार बद्लछ, अनि समाज बद्लिन्छ, समाज बद्लिदै समुदाय बद्लिन्छ, समुदाय बद्लिदै देश बद्लिन्छ, अनि मात्र सम्भावना हुन्छ देशको हरेक निकायमा हाम्रो प्रतिनीधित्व ।

हेक्का होस – हामी र हाम्रो पुरानो राजनीतिक अन्धबिसवासलाई त्याग्दै समाज र समुदायको लागि सोच्ने नयाँ र युवा बिचार भएको राजनीतिक व्यक्तित्वलार्इ रोजाैं । जहिलेसम्म हामी उहि पुरातनवादी, सामन्तवादी, दमनखोरी,  यथास्थितिवादी र अवसरवादी सोच भएको व्यक्तिलार्इ त्यग्दैनौ तब सम्म हामी र हाम्रो समुदायको उत्त्थान हुदैन । लोकतन्त्रमा सबै समुदायमा जबसम्म राजनीतिक चेतना आउँदैन, समुदाय र समाज अधिकार सम्पन्न हुँदैन तब सम्म लोकतन्त्र सफल हुन सक्दैन। त्यसैले अब हामी र हाम्रो समुदायको जनमानसहरु विच हाम्रो अस्तित्व, पहिचान र स्वयत्तताको लागि हाम्रो आवाजलाई  बुलन्द गरौ  ।

धन्यवाद ।


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...