Friday 19th April 2024

निरेम प्रोडक्सन कुवेतले चेपांङ समुदायको लागी लत्ताकपडा सहयोग उपलब्ध गराउने


बसन्त थापा- निरेम प्रोडक्सन कुवेत द्वारा पीडित चेपांङ समुदायको लागी लत्ताकपडा सहयोग संकलन अभियान चलाउने भएको छ ।

कुवेतको नगरीमा बिगत एक वर्ष देखी संचालनमा रहेको सोही निरेम प्रोडक्सन बिगतका दिन हरुमा पनि विभिन्न तह बाट सहयोग गर्दै आएको छ।

कुवेत बाट संचालित उक्त युट्युब चायनल निरेम प्रोडक्सन सञ्चार माध्यममा आबद्ध रहेको र यसरी कष्टकर जीवन बिताई रहेका चेपांङ समुदायको लागी लत्ताकपडा अभियान भने पहिलो रहेको छ।

सोही मिडियामा आवद्ध रहि आएका सञ्चारकर्मी राज मल्लका अनुसार, प्रवासको बसाइ सङ्गै बिभीन्न समयमा नेपालका अनेकन समस्याहरुमा बिगत देखिनै आफुहरुले सक्दो सहयोग गर्दै आएको र आर्थिक सहयोग नभई अरु नयाँ कार्यको योजना सुरु गर्ने र उक्त योजनामा मानविय सेवाको यस पुण्य कार्यका लागि नयाँ तथा आफू सँग प्रयोगमा नरहेका/ पुराना तर नच्यातिएका/ नफाटेका कपडाहरू पीडितलाई सहयोग गरिदिन कुवेतमा कार्यरत सम्पुर्णमा नेपाली हरुलाई आफुले सक्दो सहयोग गर्न मल्लले तीतोपाटी द्वारा हार्दिक अनुरोध गरेका छन।

उक्त सहयोग संकलनका लागि निरेम प्रोडक्सन टिमले आगामी १५ अक्टोबर देखी , लत्ताकपडा सहयोग संकलन १५ नोभेम्बर २०१८ सम्मका लागी सोही मिडियामा आवद्ध प्रतिनिधिहरूलाई खटाउने जानकारी गराएको छ । यस अभियानमा कुवेत वासी सम्पुर्ण नेपालीहरूको साथ र सहयोग रहनेमा आफुहरु पूर्ण बिस्वस्त रहेको प्रेम जिमिले बताएका छन ।

कार्यक्रम सन्चालन हुने मिति : १५ अक्टूबर २०१८ देखि १५ नोभेम्बर २०१८ सम्म रहने छ।
सम्पर्क नम्बर यस प्रकार रहेको छ।
प्रेम जिमि -67601970
राज मल्ल -60067572
रुपेन हमाल – 55027806

(भिडियो सहित)


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...