Thursday 24th September 2026

निरेम प्रोडक्सन कुवेतले चेपांङ समुदायको लागी लत्ताकपडा सहयोग उपलब्ध गराउने


बसन्त थापा- निरेम प्रोडक्सन कुवेत द्वारा पीडित चेपांङ समुदायको लागी लत्ताकपडा सहयोग संकलन अभियान चलाउने भएको छ ।

कुवेतको नगरीमा बिगत एक वर्ष देखी संचालनमा रहेको सोही निरेम प्रोडक्सन बिगतका दिन हरुमा पनि विभिन्न तह बाट सहयोग गर्दै आएको छ।

कुवेत बाट संचालित उक्त युट्युब चायनल निरेम प्रोडक्सन सञ्चार माध्यममा आबद्ध रहेको र यसरी कष्टकर जीवन बिताई रहेका चेपांङ समुदायको लागी लत्ताकपडा अभियान भने पहिलो रहेको छ।

सोही मिडियामा आवद्ध रहि आएका सञ्चारकर्मी राज मल्लका अनुसार, प्रवासको बसाइ सङ्गै बिभीन्न समयमा नेपालका अनेकन समस्याहरुमा बिगत देखिनै आफुहरुले सक्दो सहयोग गर्दै आएको र आर्थिक सहयोग नभई अरु नयाँ कार्यको योजना सुरु गर्ने र उक्त योजनामा मानविय सेवाको यस पुण्य कार्यका लागि नयाँ तथा आफू सँग प्रयोगमा नरहेका/ पुराना तर नच्यातिएका/ नफाटेका कपडाहरू पीडितलाई सहयोग गरिदिन कुवेतमा कार्यरत सम्पुर्णमा नेपाली हरुलाई आफुले सक्दो सहयोग गर्न मल्लले तीतोपाटी द्वारा हार्दिक अनुरोध गरेका छन।

उक्त सहयोग संकलनका लागि निरेम प्रोडक्सन टिमले आगामी १५ अक्टोबर देखी , लत्ताकपडा सहयोग संकलन १५ नोभेम्बर २०१८ सम्मका लागी सोही मिडियामा आवद्ध प्रतिनिधिहरूलाई खटाउने जानकारी गराएको छ । यस अभियानमा कुवेत वासी सम्पुर्ण नेपालीहरूको साथ र सहयोग रहनेमा आफुहरु पूर्ण बिस्वस्त रहेको प्रेम जिमिले बताएका छन ।

कार्यक्रम सन्चालन हुने मिति : १५ अक्टूबर २०१८ देखि १५ नोभेम्बर २०१८ सम्म रहने छ।
सम्पर्क नम्बर यस प्रकार रहेको छ।
प्रेम जिमि -67601970
राज मल्ल -60067572
रुपेन हमाल – 55027806

(भिडियो सहित)


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...