Saturday 4th May 2024

‘राजनीतिक अस्थिरता जुनसुकै मुलुकको विकासको बाधक’ – प्रधानमन्त्री अोली


तितोपाटी – प्रधानमन्त्री केपी ओलीले आतंकबाद र उग्रवाद जस्तै राजनीतिक अस्थिरता पनि मुलुकको विकासको बाधक भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७३ अाैं महासभामा सम्बोधन गर्दै उनले संवाद र सहमतिको आफ्नै प्रक्रियामा अघि बढेको नेपालको द्वन्द्व रूपान्तरण विश्वमै उदाहरणीय रहेको भन्दै अन्यत्र यसको अनुभव बाँड्न आफू इच्छुक रहेको बताएका छन् । ओलीले राजनीतिक अस्थिरता र दलीय बेमेल नै लोकतन्त्र र विकासको बाधक रहेको बताएका छन् । नेपाल लामो समय यसको चक्रमा परेर अहिले सुधारको चरणमा रहेको उनले बताए ।

 अोलीले आतंकबाद र उग्रवादको  चपेटामा सम्पुर्ण विश्व नै फसेको कारण मुलुक मुलुकबिचको आर्थिक तनाव बढिरहेको र  नेपाल पनि राजनीतिक अस्थितरताको कारण नै विकासको पाटोमा अघि बढ्न नसकेको बताए। उनले अब त्यस्तो अवस्था आउन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । लामो संक्रमणकालिन राजनीतिक अन्त्यसँगै जारी भएको संविधान अनुसार निर्वाचन भएर अहिले बलियो सरकार बनेकोसमेत उनले बताए ।

विश्व शान्तिमा लगातार पहल र योगदान गरिरहेको नेपालले आफ्नो मुलुकभित्रको शान्ति प्रक्रियालाई विश्वमा चिनाउन चाहेको धारणा उनले व्यक्त गरे । ‘विश्वको अनिश्चितता देखा परेको छ । विश्वमा पुनः शीतयुद्ध भएझैँ देखिएको छ’, उनले भने, ‘व्यापार युद्ध (व्यापारमा तनाव) साँच्चै उत्कर्षमा पुगेको अवस्था देखिएको छ ।’

नेपालको होमग्रोन शान्ति प्रक्रियाको अनुभव बाँड्न आफूहरू आतुर रहेको पनि उनले बताए । नेपालको सशस्त्र द्वन्द्वको समाधान, राजनीतिक परिवर्तन र लोकतन्त्रको सङ्क्रमणको शान्तिपूर्ण समाधान विश्वकै लागि मौलिक उदाहरण रहेकाले यसको ‘मार्केटिङ’ गर्न चुक्न नहुने पनि उनले बताए ।

नेपाल विश्व निशस्त्रीकरणको पक्षमा रहेको पनि उनले बताए । उनले विश्वको केन्द्र मानिएको राष्ट्रसंघको पुनःसंरचनामा नेपालको धारणा धेर्रैसँग मिल्ने बताउँदै सबै सदस्य मुलुकको चाहना पनि राष्ट्रसंघको पुनः संरचना रहेको उल्लेख गरे ।

‘प्रविधिले विश्वलाई एक समन्वयात्मक गाउँको सहरझैँ बनाएको छ । अतिवाद, उग्रवाद, जातीयता जस्ता विषयले आपसी विश्वासमा नै सङ्कट ल्याएपछि यसलाई चिरेर सरकार अघि बढ्नेछ’, १२ वर्षपछि फेरि उही पोडियममा उभिएर प्रधानमन्त्रीले तत्कालीन अवस्था र अहिले फरक रहेको बताउँदै भने, ‘वार्ताले मतभेद र छेडछाडलाई सहजीकरणतर्फ लैजान्छ भने मतले गोलीलाई पराजित गरेर अघि बढ्छ ।’

यो बिचमा आफू पनि विभिन्न विषयको प्रत्यक्षदर्शी रहेको प्रसङ्ग निकाल्दै प्रधानमन्त्रीले विकासमा प्रगति भइरहेको पनि बताए । तर, यो गतिले विकासको लक्ष्यमा पुग्न सहज नभएको पनि उनले स्पष्ट पारे । दिगो विकास लक्ष्यलाई भेट्नसमेत सहज नभएको उनले बताए ।

‘यहाँ धेरै राजनीतिक परिवर्तन भए । सँगै चुनौती पनि थपिँदै गए । सबैभन्दा ठुलो चुनौती बढ्दो अतिवाद र आतंकबाद नै हो’, ओलीले भने, ‘यसलाई चिर्न सरकार लागि पर्ने छ । अन्तरदेशीय सहकार्य पनि यसको आवश्यकता हो । लोकतान्त्रिक सङ्क्रमणको निकै असजिला अध्ययनले नेपाल एक आत्मविश्वास मुलुकको रूपमा दरिएको छ । बुलेटबाट ब्यालेटमा जनता र कार्यकर्ता फर्किसकेको विषयले विश्व नेताको ध्यानाकृष्ठ गर्न सक्नुपर्छ ।’

शान्ति प्रक्रिया टुङ्गो लगाउन राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगको सराहना गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल स्थायित्वसहितको राजनीतिक प्रक्रियामा प्रवेश गरेको पनि उल्लेख गरे । विकास समृद्धि नै आफ्नो सरकारको लक्ष्य रहेको उनले बताए ।

विनाशकारी भूकम्पबाट माथि उठेका दलहरूले सात दशक लामो प्रतीक्षापछि संविधान पाएको प्रसङ्ग झिक्दै उनले भने, ‘संविधानले जनतालाई अविच्छिन्न नागरिक अधिकार र स्वतन्त्रताको प्रत्याभूत गराएको छ, कतिपय उद्योग सञ्चालन गर्न नेपालीले नसक्ने भएपछि साझेदारीमा जोड दिएका छौँ । नेपाल स्वयम् दिगो राजनीतिक र आर्थिक सङ्क्रमणको मार्गको रूपमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारासहित काम अघि बढेको छ ।’

संविधानले सङ्घीय गणतन्त्रको संरचनामा लोकतन्त्रलाई बलियो बनाउने मात्र नभई यसले जनतालाई विस्तृत अधिकार र स्वतन्त्रता पनि दिएको उनले बताए ।

प्रम ओलीले संविधान कार्यान्वयन महत्त्वपूर्ण भएको बताउँदै अन्य काम पनि अघि बढ्ने स्पष्ट पारे । उनले आन्तरिक समस्या र समाधानबारे धारणा राख्दै भने, ‘हामी सबैको मित्र हौँ, रहनेछौ र कसैसँग पनि शत्रुवत व्यवहार गरिने छैन ।’

मुलुकको विदेश नीतिले सबैसँग सहकार्य र मैत्री सम्बन्ध विस्तार गर्ने रहेको पनि उनले प्रस्ट पारे । उनले नेपालले क्षेत्रीय सहयोग सहकार्यको विषयमा समेत आफ्नो काम गर्ने गरेको जिकिर गरे ।

नेपालले हालै बिमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गर्दै अन्तर्राष्ट्रिय जगत्मा सन्देश दिन सकेको समेत उनले बताए । हाल सार्कको अध्यक्षसमेत रहेका ओलीले अब सार्कलाई पनि उत्तिकै चलायमान बनाएर यस क्षेत्रमा अघि बढाउन पर्ने बताए ।

उनले कोरिया र अमेरिकाको सम्बन्धमा देखिएको सकारात्मक कदमले पनि यस क्षेत्रमा शान्तिको बहालीको आशा गर्न सक्ने स्थानको रूपमा व्याख्या गरे ।

नेपाल राष्ट्र सङ्घको चार्टर अनुरूप नै सञ्चालित रहेको र असंलग्नतामा विश्वास राख्ने मुलुक भएको उनले बताए । नेपालसँग रहेको मानव संसाधन र प्राकृतिक स्रोतको अधिकतम प्रयोग र अन्तर्राष्ट्रिय समुदायको लगानी र सहकार्यले सहयोगमा नेपाल विकासको गतिमा अघि बढ्न चाहेको ओलीले बताए ।

विश्वमा हाल देखिएका विभिन्न प्रकारको समस्याको सहकार्य अति आवश्यक रहेको छ । विविध समस्या देखा परेको भन्दै प्रधानमन्त्री ओलीले यी समस्याको सामना गर्न सबै देश एकजुट हुनुपर्ने धारणा राखे ।

विश्व एक अर्कामा जोडिने मात्रै होइन आफ्नो तवरले विकास समेत गरिरहेको उनले बताए । विश्व समुदाय यस समयमा विभिन्न र आफ्नै प्रकारको ध्रुवमा छरिएकोले समस्या धेरै देखा परेको उनले स्पष्ट पारे ।

उनले राष्ट्रसंघ पुनर्संरचना गर्दै सबैको लागि समान पहुँच र समान व्यवहार भएको राष्ट्रसंघ बनाउन पर्ने बताए । उनले यसको लागि सहकार्य र व्यापक छलफल आवश्यक पर्ने पनि स्पष्ट पारे । हाम्रो पुस्ता निकै वर्भबर अवस्थामा रहेको विश्वमा छौ उनले भने । निश्चितता केही पनि नभएको बताए ।

कोरियाली प्रायदिपमा देखा परेको समस्याको शान्तिपूर्ण समाधान प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गर्दै यस्ता विषयलाई किनारा लगाउन राष्ट्रसंघ सक्रिय रहनुपर्ने बताए ।

नेपाल सधैँ आतंकवादविरुद्ध रहेको बताउँदै उनले यसको अन्त्यका लागि सहयोग गर्न तयार रहेको पनि बताए । शान्तिका लागि काम गरिरहेका राष्ट्रसंघको लागि शान्ति प्रक्रियामा नेपालले थप सुरक्षाकर्मी पठाउन सक्ने पनि उनले बताए । तर यसमा सरकारको खासै चासो नरहेको अन्नपूर्णसँगको अन्तरवार्तामा दिएका थिए ।

नेपालको शान्ति प्रक्रिया र सशस्त्र द्वन्द्वको सफल अवतरण विश्वमै उदाहरण बनेको धारणा उनले पुनः राखे । ओलीले नेपालको संविधानको अर्को सुन्दर पक्ष भनेको राज्यका तीनै अंगबीच शक्ति सन्तुलन र नियन्त्रणको उत्कृष्ट व्यवस्था गरेको पनि बताए ।

प्रधानमन्त्रीले आरम्भमा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको एक सयौँ जन्मोत्सव स्मरण गर्दै उनी शान्ति कामी र सहकार्यमा विश्वास गर्ने नेता रहेको बताए । महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू बुद्धको जन्मभूमि र सगरमाथाको देशको प्रतिनिधित्व गर्दै आएको बताए ।


सम्बन्धित शीर्षकहरु

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

प्रतिकृयाहरू
...