Saturday 19th April 2025

पोखरामा १० वर्षे बालिकालार्इ बलात्कार गरी हत्या गरेको अारोपमा १ युवक पक्राउ


तितोपाटी – पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । प्रहरीले शव भेटिएकै दिन मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेपनि पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्।

उनले रक्सी र गाँजाको तालमा ललाइफकाई बलात्कार गर्न खोज्दा नमानेपछि यातना दिएर बलात्कार गरी हत्या गरेको बयान दिएका छन्। कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले अपराधी पत्ता लागिसकेको पुष्टी गरे। ‘२४ घण्टा नबित्दै अपराधी पत्ता लगाउनु कास्की प्रहरीको सफलता हो,’ उनले भने।

मंगलबार बिहान शव भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न कुकुर परिचालन गरेको थियो। उक्त कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो। श्रीया बसिरहेको मामाघर र पौडेलको घर एक सय मिटरको फरकमा छ। पौडेलले सोमबार साँझ ५:३० बजे मामाघरबाट बिस्कुट किन्न पसल हिँडेकी श्रीयालाई बीच बाटोमै नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेका थिए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कार भएको र टाउकोमा गम्भीर चोट लागेर श्रीयाको मृत्यु भएको प्रमाणित गरिसकको छ। उनको शव निधारमा थिलोथिलो बनाइएको, शरीरभरी धारिलो बस्तुले कोपेको, अर्धनग्न अवस्थामा मामाघरबाट ५० मिटर परको झाँडीमा मंगलबार बिहान ८ बजे फेला परेको थियो।

बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै स्थानियवासीले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । छोरेपाटनबाट नारावाजी गर्दै आएको बिशेष गरेर महिलाहरु रहेको जुलुसले जिल्ला प्रहरी कार्यालय गैह्रपाटन आएर घेराउ गरेको हो । पोखरा- २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी कुसुम पौडल मंगलबार राति पक्राउ परे पनि आरोपीलाई सार्वजनिक गर्ने तयारी गर्दै गर्दा ठूलो समुह प्रदर्शनमा उत्रिएपछि पत्रकार सम्मेलनसमेत हुन सकेको छैन।


सम्बन्धित शीर्षकहरु

जगदीप धनखडले भने- धारा १४२ लोकतान्त्रिक शक्तिहरू विरुद्ध आणविक क्षेप्यास्त्र बनेको छ, उपराष्ट्रपति जगदीप धनखडले बिहीबार न्यायपालिकामाथि प्रतिक्रिया दिए। उनले…

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक हार्वर्ड विश्वविद्यालयलाई निशाना बनाएका छन्। ट्रम्पले भनेका छन् कि हार्वर्ड विश्वविद्यालय अब पढ्नको…

प्रतिकृयाहरू
...