Wednesday 18th February 2026

पोखरामा १० वर्षे बालिकालार्इ बलात्कार गरी हत्या गरेको अारोपमा १ युवक पक्राउ


तितोपाटी – पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । प्रहरीले शव भेटिएकै दिन मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेपनि पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्।

उनले रक्सी र गाँजाको तालमा ललाइफकाई बलात्कार गर्न खोज्दा नमानेपछि यातना दिएर बलात्कार गरी हत्या गरेको बयान दिएका छन्। कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले अपराधी पत्ता लागिसकेको पुष्टी गरे। ‘२४ घण्टा नबित्दै अपराधी पत्ता लगाउनु कास्की प्रहरीको सफलता हो,’ उनले भने।

मंगलबार बिहान शव भेटिएपछि प्रहरीले हत्याराको खोजी गर्न कुकुर परिचालन गरेको थियो। उक्त कुकुर शव भेटिएको एक सय मिटर पर पुगेर अल्मलिएको थियो। श्रीया बसिरहेको मामाघर र पौडेलको घर एक सय मिटरको फरकमा छ। पौडेलले सोमबार साँझ ५:३० बजे मामाघरबाट बिस्कुट किन्न पसल हिँडेकी श्रीयालाई बीच बाटोमै नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेका थिए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कार भएको र टाउकोमा गम्भीर चोट लागेर श्रीयाको मृत्यु भएको प्रमाणित गरिसकको छ। उनको शव निधारमा थिलोथिलो बनाइएको, शरीरभरी धारिलो बस्तुले कोपेको, अर्धनग्न अवस्थामा मामाघरबाट ५० मिटर परको झाँडीमा मंगलबार बिहान ८ बजे फेला परेको थियो।

बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै स्थानियवासीले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । छोरेपाटनबाट नारावाजी गर्दै आएको बिशेष गरेर महिलाहरु रहेको जुलुसले जिल्ला प्रहरी कार्यालय गैह्रपाटन आएर घेराउ गरेको हो । पोखरा- २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी कुसुम पौडल मंगलबार राति पक्राउ परे पनि आरोपीलाई सार्वजनिक गर्ने तयारी गर्दै गर्दा ठूलो समुह प्रदर्शनमा उत्रिएपछि पत्रकार सम्मेलनसमेत हुन सकेको छैन।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...