Wednesday 8th May 2024

बुवाको मुख हेर्ने दिन र हामी सन्ततीको दायित्व


जयनारायण माझी थारू – आज बुवाको मुख हेर्ने दिन ( कुशे औंसी) को उपल्क्षयमा सम्पुर्ण बुवाहरु प्रति सर्व प्रथम कोटि कोटि नमन तथा सु स्वासथ्य को कामाना !!

बुवा तपार्इं साच्चिकै कति धेरै महान हुनुहुन्छ, म आमाको गर्भमा हुँदा सायद आफ्नो हात खुट्टाहरु चलाउँदा आमालाई कति धेरै कष्ट हुन्थ्यो होला। आमाले आफ्नो कष्टलाई बिर्सेर , हर्षित हुँदै हजुरको हात समाएर आफ्नो पेटमा स्पर्श गराउँदा हजुर कति धेरै कुखि हुनुहुन्थ्यो होला । तपाईं आफ्नो दिनभरिको मेहनत, परिश्रम गरेर लखतरान र थकित भएर घर आउदा सबैभन्दा पहिला आमालाई सोध्नु हुन्थ्यो होला … कि आज तिमिलाई कस्तो छ ? र हाम्रो आउने बाला सन्तान कतिको तिम्रो पेटमा फुटबल खेल्दै छ ? त्यति सोधेर पनि हजुरको चित्त नबुझदा सम्म आमाको पेटमा आफ्नो कान लागेर मैले सलबलाएको थाहा पाएर हजुर को दिनभरिको थकानलाई बिर्सेर कति खुशी हुनुहुन्थ्यो होला।

मलाई धर्तीमा पहिलो चोटि अवतरण गराउन हजुर कति उताउलो बन्नु भएको होला है ! प्रत्येक झन प्रतेक दिनलाई गन्दै हाम्रो घरमा रहेको भितेपात्रोमा बितेको दिनलाई चिन्ह लगाउँदै म आउने दिनहरु पर्खिदै बस्नु भएको होला है । एकदीन दुईदिन समय बित्दै जाँदा सायद यो भौतिक संसारमा जब म पहिलो चोटि अवतरण भए, सायद तपार्इंहरूको खुसीको सिमा रहेन होला है ! आफ्नो खुसीलाई बाड्दै सायद ससारको सबैभन्दा खुसी भएको ब्यक्ति महशुस गर्नु भयो होला है । संसारमा अवतरण भैसकेपछी नवजात शिशुबाट आफ्नो जिवनको यात्रामा लाग्दा हजुरले मलाई काखमा राखेर संसार देखाउने सपना बुन्दै गर्दा हजुरको काखमा कति चोटि दिशा पिसाब गरिदिएँ होला है ! तर मैले त्यसो गर्दा पनि मायाले मेरो हरेक गल्तिलाई मुटुको टुक्रा सम्झlएर माफ गर्दै,  हजुरले आफ्नो खुसीलाई वलिदान गर्दै मलाई समाज र देशमा कसरी ज्ञानी र राम्रो मानिस बनाउन सकिन्छ भनेरपहिलो शब्द “आमा र बाबा” बोल्न सिकाउनु भयो होला है ।

दिनभरीको कामको तनावले बेलुका घरमा आउदा मेरो एउटा हाFसोले हजुर को सबै तनाव र बेदनाहरु हराउथ्यो होला है । यसरी नै समय बित्दै जाँदा म हिड्ने अस्थामा पुग्दा हजुरले मेरो हात समातेर पहिलो पाईला हिड्न सिकाउनु भयो होला है । जब अलि अलि हिड्न थालेपछी कति चोटि लडें होला तर म लडेको देख्दा हजुरलाई मुटु भुट्नेगरी कष्ट भयो होला । साच्चिकै बुवा तपार्इं महान हुनुहुन्छ – मैले बालखपनमा गल्ति गरेको होला , तर मेरो गल्तीहरुलाई सच्याउदै मेरो जिवनलाई सार्थक प्रेरणा दिनु भयो । हजुर ले दिनु भएको स्नेह , माया , ममता , प्रेरणाबाट नै आज जिवनको उत्तार चढावलाई पार गर्दै जीवनलाई सार्थक बनाउन हरदम प्रयासरत छु ।

भनिन्छ नि – “जिवनमा सबै कुरा बिर्सनु तर बुवा प्रतिको आफुले गर्ने कर्तव्य कहिले नबिर्सनु” हो हामी आफ्नो नीजि स्वार्थमा तल्लिन भएर नै आज हामीलाई अाफ्नो मुटुको टुक्रा सम्झी असाध्यै माया गर्ने बुवा आमाहरुलार्इ भुल्नु बिर्सनु हुँदैन तर हिँजो अाज हामीलार्इ हरदम सफल गराउन प्रयत्नरत हाम्रो लागि प्रेरणाको स्रोत बुवा आमाको निम्ति हामीले गर्नु पर्ने कर्तव्य बिर्सिदै गरेको अाभास भइरहेको छ र त्यसैको उपज आजको दिनसम्म हजारौं लाखौं बुवाआमाहरु आफ्नो कष्टकर जीवन वृद्ध आश्रमा बिताउन बाध्य छन। वहाँहरु आफ्नो दुःखलाई सहेर पनि दिनरात भगवान सङ्ग प्रथाना गरिरहनुहुन्छ, कि हाम्रो सन्तानलाई कहिले केही नहोस .. मैले आँसु झारेपनि मेरो सन्तानले आँसु नझारोस अाँसु झार्न नपरोस, सधैभरी उनीहरुको खुसी र हाँसोले भरिएको जीवन होस।

 जीवनका अन्तिम घडिसम्म अाइपुग्दा पनि सन्ततिकै खातिर चिन्तित रहने बाबु अामालार्इ हामीबाट यस्तो बेवास्ता आखिर किन .? हाम्रो समाजमा बुवा (ब्रहमाण्ड) र आमा ( जननी ) लाई यति धेरै उपेक्षा किन ? के हामीमा चेतना हरायो ? हामीभित्रको मानवता खोइ ? किन यति निर्दयी भएर खाली आफ्नो स्वार्थमा तल्लिन हुँदै छौ ? के हामी जन्म दिने बाबु-अामालार्इ बिर्सन यती धेरै बिवश छौ ? वा हामीलाई जन्मदिने आमा बुवालाई बिर्सन चाहन्छाैं ? सायद हामीमा मानवियता हराएर नै होला यति धेरै निर्दयी भएका । होइन भने जन्माउने, हुर्काउने पढाउने, बढाउने बाबु-अामालार्इ हामी अाफ्नो खुट्टामा उभिन सक्ने भएपछि चटक्कै बिर्सने गरेका छाैं । यो सरासर गलत हो । बाबु-अामाको अपमान गरेर कहिल्यै खुशी हुन सकिंदैन, कहिल्यै सफल हुन सकिंदैन र कहिल्यै मन शान्ति हुँदैन।

बुबा-अामा सुखमा होउन वा दुःखमा, सदा सन्ततीको खुशी र सफलताको लागि जिवन उत्सर्ग गर्न तम्तयार हुन्छन् । यो संसारमा अवतरण गराउने यस्ता बुबा-अामाको ऋण कसै गरे पनि हामीले तिर्न सकिंदैन । त्यसैले बृद्वावस्थाका बुबा अामा प्रतिको हाम्रो जिम्मेवारी र दायित्व नभुलाैं । सबैमा बुबा-अामा प्रतिको कर्तव्य बोध होस । यो संसारमा संघर्ष गरेर हिंड्न सक्ने बनाउने, अाफ्नो र अर्को चिन्न सक्ने बनाउने, अाफु भन्दा सानालार्इ माया र ठुलालार्इ अादर गर्न सिकाउने, रीस द्वेष कलह होइन माया ममता र प्रेम जगाउन सिकाउने बुबा-अामालार्इ कहिल्यै तिरस्कार नगराैं, अादर सत्कार र सम्मान गराैं । बाबु-अामालार्इ कहिल्यै बोझ नसम्झाैं । अाज उहाँहरूलार्इ तिरस्कार गर्दा भोली हामीलार्इ पनि हाम्रा सन्ततीले हेलाँ र तिरस्कार गर्छन् भन्ने कुरा नभुलाैं, बुबा-अामाको अात्मा नरूवाउँ । सके परोपकारी बनेर अाफैं मार्फत बुबा-अामा चिनिने बनाउँ, नसके पनि फलानाको छोरा-छोरी भनेर अरूले उदाहरण दिने बनाै ।

आशा छ बुवा !! अब आउने दिनहरुमा केवल एकदिन मात्र बुवाको मुख हेर्ने दिन ( कुशे औंसिमा सम्झेर वा बुवा सङ्ग फोटो ( सेल्फी ) खिचेर समाजिक संजालमा श्रदा भाव देखाएर होइन ,बुवा त हाम्रो लागि प्रेरणा को स्रोत, जगतपालक, हामीलाई संसारमा पहिलो चोटि अवतरण गराउने , संसारमा बोल्नको लागि पहिलो शब्द सिकाउने, पहिलो पाईला हिड्न सिकाउने भनेर सम्पुर्ण आमा बुवा भएका छोराछोरीको मन मस्तिष्कमा यो वर्ष बुवाको मुख हेर्ने दिन ( कुशे औंसि ) ले बुवा प्रतीको स्नेह , माया सद्भाव र आफ्नो कर्तव्य बोधको उजागर गराईदियोस , अनि मात्र हुन्छ बुवाको मुख हेर्ने दिन सफल .. अनि मात्र हुनुहुन्छ संसारका बुवाहरु खुशी … फेरि पनि एकचोटि सम्पुर्ण बुवाआमा प्रती नमन … !!


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...