Sunday 1st March 2026

८ बर्ष देखी कुवेतमा बेपत्ता बुवाको खोजीको लागि छोरा र परिवारहरुको आग्रह


हरी कृष्ण न्यौपाने- सन २०१० अर्थात बि.सं. २०६७ असोज २७ गते आफ्नो २ छोरा, श्रीमती र परिवारलाई घरमै छोडेर कुवेतमा पैसा कमाएर परिवारलाई सुख दिन आएका लम्जुङका गोरे बहादुर बिक आएको ४ दिनको दिन फोन गरे देखी घर-परिवार संग संपर्क बिहिन बनेका छन। कुवेत आएकै केही दिन देखी एका-एक आफ्नो मान्छे बेपत्ता भए पछी गोरे बहादुरकी श्रीमती, साना-साना छोराहरु र परिवार अनी आफन्तहरु उनी फर्कने वा उनले कुनै न कुनै माध्यमबाट संपर्क गर्ने आशमा पर्खि राखे।समय ८ बर्ष बित्यो, गोरेबहादुर कुवेत आउँदा सानो छोडेर आएको छोरो शंकर ठुलो भै सक्यो, न त गोरे बहादुर फर्किए न त कुनै खबर नै आयो उनको बारेमा।अन्तत गोरे बहादुरका छोरो शंकर सुनारले लामो समय देखी कुवेतमा बेपत्ता आफ्नो बुवाको खोजीका लागि सम्बन्धित निकायसंग अनुरोध गरिरहेका छन।

यसै बिच नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तीतोपाटी डट कमसंग भने”कुवेतमा ८ बर्ष देखी हराएका भनिएका गोरे बहादुर बिकको खोजी गर्दै जाँदा उनी आएकै ४ दिनमा कम्पनीबाट भागेको र कम्पनीले गोरे बहादुर बिरुद्द सेप्टेम्बर-११-२०१०का दिन भागुवा मुद्दा दायर गरेको देखिन आएको छ।उनी अल समित इन्टरनेशनल मार्फत कुवेतको नेशनल कन्ट्र्याक्टिङ कम्पनीमा सामान्य हेल्परका रुपमा आएको अभिलेखमा देखिएको छ।लिङ्देनले थपे” राहदानी नं-२७६७८४१का गोरे बहादुर बिक लामो समय देखी कुवेतमा हराएको र उनको खोजीको लागि अनुरोध आएकाले यदी उनी कतै भागेर वा लुकेर काम गर्दै आएका भए खबर गर्न कुवेतमा रहेका सबै नेपालीहरुलाई आग्रह गर्दछु।”

त्यसै गरी कुवेतमा हराएका आफ्नो बुवाको खोजीका लागि गोरे बहादुर बिकका छोरा शंकर सुनारले तीतोपाटी डट कमसंग भने”हामीले पररास्ट्र देखी नेपाली दुताबास कुवेत लगाएत सबै सम्बन्धित निकायमा बुवाको खोजीका लागि आग्रह गरी सकेका छौ।अझै पनि कुनै खबर पाउन नसकेको हुँदा तपाईंको मिडिया मार्फत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाहरु, त्यसका प्रतिनिधिहरु,नेपाली दुताबास र सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनिहरुलाई लगाएत सम्पूर्ण पत्रकारहरुमा उहाँको खोजीका लागि आग्रह गर्दछु।

यदी तपाईंहरुले फोटोमा देखिएका गोरे बहादुर बि.क.लाई देख्नु भएको र चिन्नु भएको छ भने निम्न सम्पर्क नंमा खबर गरिदिनु होला।

नेपाली दुताबास कुवेत:- ९८८६९१२१


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...