Tuesday 27th October 2026

कुवेतमा पनि म्याग्दी मोनाले सुरेश बचाउ अभियान संचालन गर्‍यो 


चन्द्र बिश्वकर्मा – म्याग्दी मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल बचाउ अभियान म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले संचालन गरेको छ ।

कुवेतको नेपाली समाजमा हालसालै गठन भएको मोनाले दुबै मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आज 31, अगस्ट 2018 दिन आर्थिक संकलन समितीमा मोना कुवेतका उप-संयोजक दिपक छन्त्यालको संयोजकमा ४ सदस्यीय समिति गठन गरेको छ । जसमा मोनाका बरिस्ठ सल्लाहकार नन्द बरुवाल , सदस्य तिलक भण्डारी , तुल पुन र अर्जुन शाही रहेको म्याग्दी मोनाका संयोजक प्रेम बहादुर बिश्वकर्माले तितोपाटी लाई जानकारी गराएका छन ।

केहि समय पहिले देखि दुवै मृगौलाले काम गर्न नसकेर थलिएका सुरेश भर्खर १९ वर्षका छन । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा स्वदेश तथा बिदेशमा कार्यरत म्याग्देलीहरुले पनि अभियान संचालन गरेका छन । युवा अवस्था मै दुवै मृगौलाले काम गर्न छोडेपछि उनी लगायत उनका परिवारमा ठुलो चोत पुगेको छ । दुवै मृगौला पीडित सुरेशको काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

कुवेतमा कृयाशिल संघ – सस्था लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई सुरेशको जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरिदिनको लागि म्याग्दी मोनाले हार्दिक अपिल गरेको छ ।
थप जानकारीको लागि :
प्रेम बहादुर बिश्वकर्मा ( म्याग्दी मोना – संयोजक) – 51784715
दिपक छ्न्त्याल (अभियान संयोजक) – 66032880
नन्द बरुवाल – 66583555
तिलक भण्डारी – 98058329
तुल पुन – 92206702
अर्जुन शाही – 90059909


सम्बन्धित शीर्षकहरु

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीचको तनाव फेरि बढेको संकेत देखिएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति Donald…

प्रतिकृयाहरू
...