Wednesday 21st January 2026

अमेरिकामा प्रहरीको गोली प्रहारबाट एक नेपालीको मृत्यु


तितोपाटी – अमेरिकाका प्रहरीको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको छ ।

शनिबार साँझ पौने ९ बजे नेपाली नागरिक वीरेन्द्र ठकुरीको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको हो । हात हतियार केही पनि नभएको अवस्थामा ठकुरीलाई गोली हानेको भन्दै अमेरिकामा बस्ने नेपाली समुदायले आपत्ति जनाएका छन् ।

ब्रुमफिल्डस्थित फ्रेडलल बर्ड र स्टार्टफोर्ड लेक ड्राइभमा प्रहरीले उनीमाथि गोली हानेको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार सडकमा होहल्ला भएपछि प्रहरी पुगेको थियो ।

प्रहरीको आदेश नमानेपछि उनलाई गोली हानिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मिडिया रिपोर्टमा उल्लेख गरिए अनुसार गोली हान्ने प्रहरीलाई नियमानुसार विदामा बस्न लगाइएको छ ।

ठकुरीको गैरन्यायिक हत्या भएको भन्दै नेपाली समुदायले थप अनुसन्धान र कानुनी उपचारको बाटो खोज्नेबारे छलफल गरिरहेका छन् । अमेरिकामा प्रहरीको शरीरमा पनि क्यामरा राखिएको हुन्छ ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...