Tuesday 24th March 2026

गरीबिको कारण विद्यालय अाउन नसक्ने पत्र लेख्ने म्याग्दीकी पुजालार्इ पोर्चुगलबाट पनि सहयोग


तितोपाटी – गैरआवासीय नेपाली संंघ पोर्चुगलका आइसीसी सदस्य एवं व्यवसायी नरेन्द्र हमाल र सरस्वती दम्पतीले गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

बेनी नगरपालिका ६ फोओटेकी १२ बर्षीया खत्रीले आर्थिक अभावकै कारण घरायसी काम, भाइबहिनीको रेखदेख, विहानबेलुकी हातमुख जोड्न गाउँघरमा खाद्यान्न साम्रगी जुटाउनु पर्ने भएकाले रहर भएपनि बाध्यताले पढाई छोड्नुपर्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्रमा गरीबिभित्रको पीडा लुकेको भन्दै बागलुङको काठेखोला गाउँपालिका मुलथाना जन्म घर भई बानपा २ श्रीनगरटोल निवासी हमाल दम्पतीले ५० हजार १ सय ४८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। ‘आर्थिक अभावले कहिल्यै विद्यालय जानबाट बन्चित हुनु नपरोस्, एउटा पत्रभित्र लुकेका धेरै समस्या समाधानका लागि सानो सहयोग गरेको छु’, हमालले भने ।

निकै कष्टपूर्ण तरिकाले दिनरात गुजादैं आएका खत्री परिवारमा खुसी छाएको हेर्न चाहेको उनले बताए। करिब २५ बर्ष अगाडि युरोपमा पुगेका हमालले विगतमा समेत आर्थिक अभाव भएका बालबालिका, सामाजिक संघसंस्था लगायत विभिन्न क्षेत्रमा सहयोग गरेका छन्। पोर्चुगलमा सफल नेपाली व्यवसायी रहेका हमाल हालसम्म खत्रीलाई ब्यक्तिगत रुपमा सबैभन्दा धेरै सहयोग गर्ने दाता हुन्। सामाजिक क्षेत्रमा सहयोग गरेपनि प्रचारप्रसारमा नआउने हमाल दम्पतीले पुजाको मार्मिक पत्रका बारेमा  समाचार पढेपछि सहयोगको प्रतिबद्धता जनाएका थिए।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...