Tuesday 6th October 2026

अल बिदा गुण बहादुर सुनुवार !


हरी कृष्ण न्यौपाने- सबै संग मन्द मुस्कान र आदर भाब सहित गम्भिर भएर बोल्ने र सके सम्म कसैलाई पनि नराम्रो र कडा शब्द नबोल्ने मित्र गुण बहादुर सुनुवारको गत अगस्ट १०,२०१८ शुक्रबार कुवेतमा हृदयघातको कारण मृत्‍यु भयो।पत्याउनै गर्हो भए पनि उनी कहिल्यै पनि नआउने बाटो गएका छन।धेरै राहत,उद्दार र सामाजिक कामहरुमा अगाडि बड्ने मित्र गुण बहादुरको मृत आत्मालाई शान्ती मिलोस हार्दिक श्रद्दान्जली।

उनको शबलाई नेपाल पुर्याइ श्रीमती, सानो छोरो, आफन्त र साथीभाइहरुले अन्त्यस्टी गरेको फोटोहरु हेर्दा पनि बैदेशिक पिडा र बिदेशमा हुने आफन्तको निधनमा आफ्न्तहरुलाई परेको पिडा शब्दमा बर्णन गर्नै सकिन्न।उनकै सम्झना र उनको मृत आत्माको शान्तीको कामना गर्दै कुवेतमा पनि हिजो अगस्ट १७ तारिक एक कार्यक्रमको आयोजना गरियो।कुवेतको फर्वानियामा रहेको नेपाली रेस्टुरेन्टमा आयोजित श्रदान्जली सभामा गुण बहादुर सुनुवारको मृत आत्माको शान्तीको कामना गरियो। सुनुवार सेवा समाज कुवेत शाखाका अध्यक्ष तथा नेपाली सङ्घीय समाज कुवेतका उपाध्यक्ष रहेका स्वर्गिय गुण बहादुर सुनुवारको सम्झनामा सुनुवार सेवा समाज शाखा कुवेत,याक्थुङ चुम्लुङ कुवेत,किरात राई यायोक्खा कुवेत र नेपाली सङ्घीय समाज कुवेतले संयूक्त रुपमा श्रद्दान्जली सभा गर्दै सहयात्री मित्रहरुले उनलाई सम्झिदै सबैले उनको मृत आत्माको शान्तीको कामनाका साथ उनको परिवारमा धैंर्य-धारणा गर्ने शक्ती प्राप्तका लागि प्रार्थना गरे। यती बेला मृतक गुण बहादुर सुनुवारको घरमा पनि आफ्नो परम्परा अनुसार अन्तिम संकार पछी उनको आत्माको शान्तीका लागि गरिने बिधी गरिदै छ।उनको बिछोडमा घर-परिवार र आफ्न्तहरु शोकमा छन।

उनी संग धेरै नजिक हुन नसके पनि धेरै पटक कुवेतको नेपाली समाजमा हुने कार्यक्रमहरुमा गुण बहादुरलाई नजिकबाट चिनेको छु।बिछोडको पिडालाई कबिता, गजल, गीत, कथा भनौ साहित्य मार्फत सबैले पोख्ने गर्दछन।गुण बहादुरले पनि आफ्नो मृत हुनु भन्दा २० दिन अघी(जुलाई-२०,२०१८)का दिन बिहान ८:२४ बजे आफ्नो फेसबुक पेजमा पोस्ट गरेको बिछोडको पिडाका बारेको उनको रचनाले मृत्‍यु पछी पनि उनलाई सम्झाइ रहयो।

बैंश बेचेँ पैसा संग, तिमी पाउने आशमा,
आज तिमी संगै छैनौं, किन होला साथमा।
तिमिलाई सम्झी अतित याद, आउछ बल्झेको घाऊमा,
मेरो आँशुको मुल्य छैन, परदेशको ठाउँमा ।
–शुभ बिहानी शुभ पल–

साँच्चै मृतक गुण बहादुर सुनुवारले भने जस्तै परदेशीको जीवन”पैसामा बैंश बेच्दै आफ्नाको यादमा घाऊ बल्जाउदै आशुको मुल्य नभएको परदेशको ठाउँमा रमाउनु हो।” अत्यान्तै भाबुक बनाएको गुण बहादुरको रचनामा वास्तविकता लुकेको छ।फेरी पनि उनको मृत आत्माको शान्तीको कामना सहित अल बिदा गुण बहादुर सुनुवार ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...