Tuesday 23rd June 2026

गम्भिर फाैजदारी अभियोग सावित भएका व्यक्तिलार्इ विवाह गर्न निःषेध, झुक्याएर गरे बदर गर्न सकिने


तितोपाटी – नयाँ मुलुकी देवानीसंहिता ऐन, २०७४ को भाग ३ मा पारिवारिक कानुनको व्यवस्था गरिएको छ । अब फौजदारी अभियोगमा सजाय भोगेकाले विवाह गर्न पाउनेछैनन् । देवानीसंहिता ऐनको दफा ७१ अनुसार विवाह गर्न हुने र नहुने, विवाह बदर गर्न सकिनेलगायत व्यवस्था गरिएको छ ।

दफाको २ (छ) मा नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरी अदालतबाट सजाय पाएकाले विवाह गर्न नपाउने व्यवस्था गरिएको छ । उपदफा ३ अनुसार कसुरदार व्यक्तिले झुक्याई विवाह गरे मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन तथा झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।

व्यक्ति बेपत्ता बनाए १५ वर्ष कैद र ५ लाख जरिवाना
व्यक्ति पक्राउ गरेर बेपत्ता पारे अब पक्राउ गर्न आदेश दिने सरकारी अधिकारीले नै जेल सजाय भोग्नुपर्ने भएको छ । १ भदौदेखि लागू हुने मुलुकी अपराधसंहिता ऐन, २०७४ मा व्यक्ति बेपत्ता पार्ने कार्यमा संलग्न हुनेलाई अधिकतम १५ वर्ष कैद र पाँच लाख जरिवाना गर्न सक्ने व्यवस्था गरिएको हो । प्रहरीले पक्राउ गरेको २४ घन्टाभित्र मुद्दा हेर्ने सम्बन्धित अधिकारीसमक्ष उपस्थित नगराए वा उसको अवस्थाबारे परिवारलाई जानकारी नदिए पक्राउ गर्न आदेश दिने व्यक्ति नै कसुरदार ठहरिने व्यवस्था छ ।

ऐनको दफा २०६ को १ मा अनुसन्धान गर्न वा कानुन कार्यान्वयन गर्न अख्तियारी पाएको व्यक्ति वा सुरक्षाकर्मीले पक्राउ गरेको, हिरासतमा राखेको वा अन्य कुनै किसिमले नियन्त्रणमा लिएको व्यक्तिलाई मुद्दा हेर्ने अधिकारीसमक्ष २४ घन्टाभित्र उपस्थित नगराए वा कसरी कुन अवस्थामा राखिएको छ भन्ने जानकारी नदिए बेपत्ता कसुर लाग्ने व्यवस्था स्पष्ट पारिएको छ ।

‘अब पहिलाजस्तो सुरक्षाकर्मीले मुद्दा हेर्ने अधिकारी र परिवारलाई बेपत्ता व्यक्तिको अवस्थाबारे जानकारी नदिए, आफूखुसी जेलमा राखे व्यक्ति बेपत्तासम्बन्धी कसुर लाग्नेछ,’ कानुन आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले भने, ‘व्यक्ति बेपत्ता पार्ने ऐन सबैको हकमा लागू हुनेछ ।’

आदेश दिने र आदेश मान्ने मुख्य कसुरदार
कुनै व्यक्तिलाई जुन व्यक्तिको आदेशमा पक्राउ गरेर थुनामा राखी वा नियन्त्रणमा लिई बेपत्ता पारेको हो, त्यस्तो आदेश दिने र आदेश कार्यान्वयन गर्ने व्यक्ति बेपत्ता पार्ने मुख्य कसुरदार मानिने ऐनमा छ । मुलुकी अपराधसंहिता ऐनको दफा २०६ को उपदफा ३ मा यसको व्याख्या गरिएको छ । सार्वजनिक पद धारण गरेको व्यक्ति वा संगठन वा संगठित जिम्मेवारी व्यक्तिको आदेश वा निर्देशनबमोजिम बेपत्ता पारिएको हो भने पनि मुख्य कसुरदार मानिनेछ ।

कसैले आफूमातहतको पदाधिकारी, निकाय वा समूहबाट व्यक्ति बेपत्ता पार्ने कार्य गर्ने वा गराउन लागेको कुरा थाहा पाएर पनि त्यसको उपेक्षा गरेमा वा त्यस्तो कार्य रोक्ने सम्बन्धमा आवश्यक उपाय नअपनाएमा उक्त व्यक्ति पनि कसुरदार मानिने ऐनको दफा २०६ को उपदफा ५ मा उल्लेख छ ।

यस्तै, उपदफा ६ मा कुनै व्यक्तिलाई एकभन्दा बढी व्यक्तिले सामूहिक रूपमा बेपत्ता पारे संलग्न सबै व्यक्ति समान रूपमा कसुरदार मानिनेछन् । ऐनको दफा २०६ को उपदफा ७ (ख) मा व्यक्ति बेपत्ता पार्न मतियार बन्ने वा षड्यन्त्र गर्नेलाई व्यक्ति बेपत्ता पार्ने मुख्य कसूरदारसरह र सोको उद्योग गर्ने वा परिपञ्च मिलाउने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ भन्ने उल्लेख छ । यसअघि कुनै ठोस कानुन थिएन ।

बेपत्ता व्यक्तिको सम्पत्ति हस्तान्तरण सहज
बेपत्ता व्यक्तिको सम्पत्ति उसको हकवालाले प्राप्त गर्न पनि अब सहज हुने भएको छ । पुरानो मुलुकी ऐनमा व्यक्ति बेपत्ता भए उसको परिवारले सम्पत्ति पाउन १२ वर्षसम्म कुर्नुपर्ने अवस्था थियो । अर्थात् बेपत्ता व्यक्तिको मृत्यु भएको मान्न १२ वर्ष कुर्नुपथ्र्यो । अब तत्कालै उजुरी लिई कारबाही अगाडि बढ्ने भएकाले समस्या सहज हुनेछ ।

महिला र बालबालिका बेपत्ता पार्नेलाई १७ वर्ष कैद
महिला तथा बालबालिका बेपत्ता पार्नेलाई सजाय अझ बढी छ । १५ वर्ष सजायमा थप दुई वर्ष थपेर १७ वर्ष कैद हुनेछ ।

यसैगरी सरकारी साधन, भवन, हातहतियार वा मालसामान प्रयोग गरी व्यक्ति बेपत्ता पार्ने व्यक्तिलाई १५ वर्षमा थप एक वर्ष कैद हुनेछ । ऐनको दफा १० मा यो व्यवस्था छ ।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...