Saturday 10th October 2026

नुवाकोटमा बस दुर्घटना, ५७ जना घाइते, ८ जनाको अबस्था गम्भिर


तितोपाटी – नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ५७ जना यात्रु घाइते भएका छन्। बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको छ। घाइते ८ जनाको अवस्था गम्भिर छ। गम्भिर घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीबाट थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख बसन्तबहादुर कुंवरले बताए।

काठमाडौँ उपचारको लागि पठाइएको घाइतेहरुमा घिसिङ तामाङ, वीरबहादुर विक, होमबहादुर लामा, प्रेमसिंङ तामाङ, विवामायाँ घले, पूर्ण लामा, उत्तम तामाङ र मङगली रहेका छन्। घाइते अन्यको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ।

अन्य घाइतेहरुमा ४० जना पुरुष र १७ जना महिला रहेका छन्। घाइते हुनेमा अधिकांश बुङताङ, साल्मे र देउराली यात्रुहरु रहेका छन्।

बुङताङबाट विहान ८ बजे यात्रु लिएर हिडेको बस ९ :४५ बजेको समयमा लामाटार आइपुग्दा दुर्घटना भएको बसधनी बुङताङका मानबहादुर तामाङले बताए। सडकबाट करिब ५० मिटर तल खसेको बस समेत क्षतविक्षत भएको प्रहरी कार्यालयले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...