Monday 17th June 2024

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त


तितोपाटी –  सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

सरकारले भण्डारीलाई शुक्रबार ३ दिने म्याद दिएर पदबाट किन बर्खास्त नगर्ने भन्दै स्पष्टिकरण सोधेको थियो । साउन २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई दोस्रो पटक स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

यसअघि वैशाख २४ गतेको मन्त्रिपरिषद्ले भण्डारीलाई स्पष्टिकरण सोधेको थियो । भण्डारीको स्पष्टिकरणपछि जेठ २७ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यसम्पादन सुधार्न ११ बुँदे निर्देशन दिएको थियो ।

खुला प्रतिस्पर्धाबाट तीन वर्षका लागि प्रबन्ध निर्देशक बनेकी भण्डारीको कार्यकाल अझै एक वर्ष बाँकी थियो ।


सम्बन्धित शीर्षकहरु

समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ। सोमबार वेस्ट…

इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् । व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले…

पुष्कर अथक रेग्मी - साहित्यकार वनमाली निराकारद्वारा लिखित एवं अर्चना शर्मा बिष्ट र आरति शर्मा आचार्यद्वारा प्रकाशित कविता संग्रह 'मान्छेका…

प्रतिकृयाहरू
...