Wednesday 25th March 2026

कुवेतमा सवारी दुर्घटनामा एक नेपालीको मृत्‍यु


हरी कृष्ण न्यौपाने – करिब १२ बर्ष देखी कुवेतमा कार्यरत दिक्तेल रुपाकोट माझुवागडी नगरपालिका-२ सोल्मा, खोटाङका निर बहादुर राइको सवारी दुर्घटनामा मृत्‍यु भएको छ।गत अगस्ट-९, बिहीवार,२०१८का दिन रातीको समयमा कुवेतको जिलिब भन्ने स्थानमा बाटो काट्ने क्रममा निर बहादुरलाई सबारी साधनले ठक्कर दिएको थियो भने उनलाई तत्काल अस्पातल पुर्याउदा डाक्टरले मृत घोषित गरेका थिए।

किरात राइ योयोख्खा कुवेतका अध्यक्ष मन्जित राइका अनुसार “मृतक ४४ बर्षिय निर कुमार राइ खोटाङ कुवेत संपर्क मन्चका बरिस्ट सदस्य पनि हुन। मृतक निर बहादुर लामो समयदेखी कुवेतको तान्जिप्को कम्पनीमा कार्यरत थिए। उनको घरमा श्रीमती र एक छोरी रहेका छन।”

यसै बिच नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तीतोपाटी डटकम संग भने” निर बहादुर राइको सवारी दुर्घट्नामा मृत्‍यु भएको पुष्टी भैसकेको छ। साथै मृतकको शब पठाउने तथा सवारी दुर्घट्ना बिमाको लागि कम्पनीको सहयोगमा कानुनी प्रकृया थालिएको छ। छिट्टै नै मृतक निर बहादुरको परिवारसंग समन्वय गरेर शब पठाइने तथा अन्य क्षतिपुर्तीको लागि प्रकृया शुरु गरिने छ।”


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...