Friday 19th December 2025

कुवेतमा सवारी दुर्घटनामा एक नेपालीको मृत्‍यु


हरी कृष्ण न्यौपाने – करिब १२ बर्ष देखी कुवेतमा कार्यरत दिक्तेल रुपाकोट माझुवागडी नगरपालिका-२ सोल्मा, खोटाङका निर बहादुर राइको सवारी दुर्घटनामा मृत्‍यु भएको छ।गत अगस्ट-९, बिहीवार,२०१८का दिन रातीको समयमा कुवेतको जिलिब भन्ने स्थानमा बाटो काट्ने क्रममा निर बहादुरलाई सबारी साधनले ठक्कर दिएको थियो भने उनलाई तत्काल अस्पातल पुर्याउदा डाक्टरले मृत घोषित गरेका थिए।

किरात राइ योयोख्खा कुवेतका अध्यक्ष मन्जित राइका अनुसार “मृतक ४४ बर्षिय निर कुमार राइ खोटाङ कुवेत संपर्क मन्चका बरिस्ट सदस्य पनि हुन। मृतक निर बहादुर लामो समयदेखी कुवेतको तान्जिप्को कम्पनीमा कार्यरत थिए। उनको घरमा श्रीमती र एक छोरी रहेका छन।”

यसै बिच नेपाली दूतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तीतोपाटी डटकम संग भने” निर बहादुर राइको सवारी दुर्घट्नामा मृत्‍यु भएको पुष्टी भैसकेको छ। साथै मृतकको शब पठाउने तथा सवारी दुर्घट्ना बिमाको लागि कम्पनीको सहयोगमा कानुनी प्रकृया थालिएको छ। छिट्टै नै मृतक निर बहादुरको परिवारसंग समन्वय गरेर शब पठाइने तथा अन्य क्षतिपुर्तीको लागि प्रकृया शुरु गरिने छ।”


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...