Friday 19th December 2025

सुनुवार सेवा समाज कुवेतका अध्यक्षको हृदयघातको कारण निधन


हरी कृष्ण न्यौपाने- कुवेतको नेपाली समाजमा लामो समय देखी हातेमालो गर्दै आएका सर्लाहीका ३७ बर्षिय गुण बहादुर सुनुवारको हृदयघातको कारण आज अगस्ट-१०,२०१८ शुक्रबारका दिन निधन भएको छ।राहदानी नं-०७२९४४७७ रहेका मृतक सुनुवार सेवा समाज कुवेतका अध्यक्ष तथा संङघिय समाज फोरम कुवेतका उपाध्यक्ष थिए।

कुवेतको नेपाली समाजका अभियन्ता,संचारकर्मी तथा मृतक गुण बहादुरका साथी दिल कुमार पाख्रिनले तितोपाटी डटकम संग भने”लामो समय देखी कुवेतको हट इन्जिनियरिङ्ग कम्पनीमा सुपर्भाइजरको काम गर्दै आएका मृतक गुण बहादुर हिजो राती कामबाट आएर खाना खाएर राती १:०० बजे सुतेका थिए।बिहान अली बढी टाउको दुखे पछी उनी अस्पातल जानको लागि निस्किएका थिए।अस्पातल जान निस्किएका गुण बहादुरलाई कुवेत प्रहरीले आफु बस्ने घरकै बाहिर लडीरहेको अवस्थामा फेला पारे पछी प्रहरीले नै कुवेतको आदान अस्पातलमा लगेको थियो।अस्पातल पुगेको केही समय पस्चात डाक्टरले उनलाई हृदयघातको कारण मृत घोषणा गरेको थियो।”


मृतकको बारेमा उनको घर-परिवार, कम्पनी तथा नेपाली दूतावासलाई खबर गरी सकिएको छ।मृतक गुण बहादुरको शबलाई कुवेतको आदान अस्पातलबाट कानुनी प्रकृयाको लागि आदान अस्पातल लगिदै गरिएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

प्रतिकृयाहरू
...