Tuesday 24th March 2026

कुवेतमा कडा सुरक्षा चेक-जाँच शुरु,एकै दिनमा ४९७ जना अबैधानिक आप्रबासी देश निकाला


हरी कृष्ण न्यौपाने- कुवेतमा आममाफी सकिएको दोश्रो महिना हुदैं गर्दा कुवेत प्रहरीद्वारा पुन: कडा सुरक्षा चेक-जाँच शुरु गरिएको छ। प्राप्त जानकारी अनुसार जुलाई-३०,२०१८ सोमबार बिहान कुवेतको जिलिब सुवेख क्षेत्रमा गरिएको सुरक्षा चेक-जाँचको क्रममा ४९७ जना अबैधानिक आप्रबासी कामदारहरुलाई पक्राउ गरिएको छ। उनिहरुलाई कुवेतबाट देश निकाला (डिपोर्टेशन) प्रकृयाको लागि पठाइएको छ।

कुवेतको अनलाइन पोर्ट आइमनमाटमा जनाइए अनुसार जुलाई ३०,२०१८ सोमबार बिहानै कुवेतको जिलिब सुवेखमा गरिएको सुरक्षा जाँचको क्रममा बिभिन्न किसिमले देशको आप्रबासी नियम उल्लङ्घन गर्ने अबैधानिक आप्रबासी कामदारहरुलाई एकै दिन ठुलो संख्यामा पक्राउ गरिएको हो। जस मध्ये १७२ जनासँग आफ्नो परिचय खुल्ने कागजात नभएको,५९ जनाले अबैधानिक रुपमा काम गरिरहेको,६० जना स्पोन्सरबाट भागेको मुद्दा दर्ता भएका,१ जना कुवेतको कानुनले खोजी गरिरहेका छन। त्यसै गरी उक्त चेक-जाँचको क्रममा ३ जनालाई मदिरा तथा लागुऔषध मुद्दा,८ जनालाई नागरिक नियम उल्लङ्घन लगाएतको मुद्दामा पक्राउ गरिएको छ भने ४९७ जनालाई देश निकालाको लागि पठाइएको छ।

यसै गरी उक्त सुरक्षा चेक-जाँचको क्रममा २७९ सबारी उल्लङ्घन भेटिएको थियो भने ७ वटा सबारी साधनलाई कुवेत प्रहरीले नियन्त्रणमा लिएको छ । चेक-जाचँको क्रममा ९२७ जनालाई भने उनीहरुको कगजात र परिचय पत्रको आधारमा छोडिएको छ।

बिशेष गरी अबैधानिक नेपाली कामदारहरुको पनि बस्ती रहेको उक्त जिलिब सुवेख क्षेत्रबाट के-कति अबैधानिक नेपाली कामदारहरु तथा अन्य कुन देशका आप्रबासी पक्राउ परे भन्ने बारे भने जानकारी गराईएको छैन।

यसै बिच तितोपाटी डट कम (कोसेली समुह) कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाई कुवेतले अबैध भनेका काम नगर्न-नगराउन अनुरोध गर्दै आफु जहाँ जॉदा पनि आफ्नो कुवेतको सिभिल आइडी वा सिभिल आइडी नभए आबश्यक कागजात साथमै लिएर हिंड्न अनुरोध गर्दछ।सबै नेपालीहरु सुरक्षित रहनु होला ।

 


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...