Saturday 10th October 2026

पाइलटले नै रक्सीले मातेर जहाज उडाउने खोजे अरूको के गति होला ?


तितोपाटी – मदिरा पिएर मातेका पाइलटले उडाउन खोजेपछि आइतवार दुबई जान लागेको फ्लाई दुबईको जहाजलाई त्रिभुवन विमानस्थल प्रशासनले रोकिदिएको छ । रक्सी पिएर मातेका पाइलटले दुबईका लागि जान लागेको फ्लाई दुबईका जहाज उडाउन खोजेपछि विमानस्थल प्रशासनले उनीहरुलाई रोकेर नियन्त्रणमा लिएको हो ।

रक्सीले मातेको अवस्थाका पाइलटले जहाज उडाउन खोजेपछि चालक दलका अन्य सदस्यले दिएको उजुरीका आधामा उनलाई नियन्त्रणमा लिइएको हो ।

‘फ्लाई दुबईका एकजना पाइलटको गतिविधि असामान्य पाएपछि हामीले उनलाई नियन्त्रणमा लिएका छौँ’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘प्रराम्भीक स्वास्थ्य परीक्षणमा उनी रक्सी पिएर मातेको विवरण पाइएको छ ।’

मातेका पाइलटलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएपछि रोकिएको फ्लाई दुबईको जहाज अर्का पाइलट दुबईबाट आएर लानुपर्ने भएको छ । ‘यो प्रकरणमा सम्पूर्ण रिपोर्ट आएपछि हामी फ्लाई दुबईका केन्द्रीय कार्यालयमा पठाउँछौँ’, क्षेत्रीले भने, ‘त्यतिन्जेलसम्म मातेर आफ्नो आचारण का पाइलटले जहाज उडाउन पाउँदैनन् ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...