Friday 30th October 2026

अायुष्मानसँगको इन्गेज्मन्ट पछिको प्रियंकाको बोल्ड फोटोसुट


तितोपाटी – नायिका प्रियंका कार्की बोल्ड छवि बनाउन सफल छिन् । प्रियंकाआफूलाई विन्दास शैलीमा प्रस्तुत पनि गर्छिन् । सायद, यही कारणले हुनसक्छ प्रियंकाको चर्चा खुबै हुनेगर्छ ।

पछिल्लो दिन नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै चुलिएको छ । प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अझै नजिक बनाएपछि चर्चा पाएको हो । अर्को बर्ष यो जोडीले बिहे गर्दैछ ।

उनै, नायिका कार्की एक सौन्दर्य प्रतियोगीताको कोरियोग्राफरको रुपमा अहिले अमेरिकामा छिन् । तर, अमेरिकामा पुगेपनि उनले आफूलाई बोल्ड रुपमा प्रस्तुत गर्न भने छाडेकी छैनन् । स्विमिङ पूलमा नायिका कार्कीको बोल्ड छवि झल्किएको छ ।

उनले, अनलाइनखबरलाई उपलब्ध गराएको केही तस्बिरमा उनी स्विमसुटमा छिन् । इन्गेजमेन्टका कारण हो या किन हो, उनी खुलेकी छिन् र मुस्कुराएकी छिन् ।

प्रियंकाले इन्गेजेमन्टपछि पनि आफ्नो बोल्ड छवि नबदलिएको छनक यी तस्बिरबाट गराएकी छिन् ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...