Sunday 23rd February 2025

म्यानपावरहरूले ७६ करोड भन्दा बढी ठग्दा पनि कारवाही भएन


तितोपाटी – नयाँ सरकार बनेपछि वैदेशिक रोजगारीमा हुने ठगीमा कमी आउने विश्वास धेरैलाई थियो तर गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका नाममा भएको ठगीको दर झनै डरलाग्दो तवरले बढेको देखिन्छ ।

नयाँ सरकार बनेपनि न्यायको आशामा पछिल्ला महिनाहरुमा पनि ठगीको उजुरीमा ब्यापकता आयो । लाखौं रुपैयाा ठगिएका युवालाई थमाइएको नाम मात्रैको फि्र भिसाको नियमअनुसार दिइने बिलको आधारमा भन्दै १० हजार रुपैयाँ क्षतिपूर्ति दिलाएर उजुरीलाई नाकामी बनाउने क्रम यो वर्षमा पनि चलिरह्यो ।

वैदेशिक रोजगार विभागमा बितेको १२ महिनामा महिनामा १ अर्ब करोड ५२ करोड २० लाख रुपैयाँ बराबरको ठगीको उजुरी दर्ता भएको छ । आर्थिक वर्ष २०७३/७४मा यस्तो ठगी गरिएको रकम ७५ करोड ७८ लाखको मात्र थियो ।

यो तथ्यांकले नेपालमा युवाहरुलाई प्रलोभनमा पारेर ठगीधन्दा चलाउने क्रममा भइरहेको गुणात्मक वृद्धिलाई स्पष्ट पार्छ ।

वैदेशिक रोजगार विभागमा गत वर्ष २ हजार १२९ वटा उजुरी परेको थियो । यो अघिल्लो वर्षभन्दा कम संख्या भएपनि ठगिएको रकम भने करिब २ गुणाले बढेको छ ।

गत वर्ष विदेश पठाउने नाममा ठगी गर्ने १ हजार १ सय ९ जना दलालहरुविरुद्ध विभागमा उजुरी परेको विभागका प्रवक्ता उद्धब रिजालले जानकारी दिए । उनीहरुसँग पीडित कामदारले ७५ करोड ३७ लाख रुपैयाँ बिगो असुल उपर गरिदिन विभागसँग माग गरेका छन् ।

एक वर्षमा विभिन्न म्यानपावर कम्पनीविरुद्ध १ हजार २० वटा उजुरी परेका छन् । पीडित युवाले आफूलाई ठग्ने म्यानपावरहरुसँग ७६ करोड ८३ लाख रुपैयाँ उठाइदिन माग गर्दै उजुरी दिएका रिजालले जानकारी दिए ।

कुल १ अर्ब ५२ करो रुपैयाँ ठगिएकोेमध्ये विभागले कामदारलाई २० करोड १९ लाख रुपैयाँ रकम फिर्ता गरएको छ । यसत्र क्रमा १ हजार २३ वटा उजुरीलाई सामान्य लेनदेन गराएर मिलाइएको छ ।

दलालहरुले ठगेको ७५ करोडमध्ये १५ करोड २५ लाख रुपैयाँ कामदारले फिर्ता पाएका छन् ।

कामदारसँग दलालहरुले भन्दा बढी ठगेका म्यानपावरहरुलाई भने सरकारले उन्मुक्ति दिएको देखिन्छ । विभागले त्यस्ता म्यानपावरसँग ठगीबापत ४ करोड ९५ लाख रुपैयाँ मात्रै उठाएर कामदारलाई फिर्ता गरेको छ ।

लुट मच्चाउनेलाई छुट

गत वर्ष दर्ता भएका ८ सय ३२ उजुरी आपसी सहमतिमा रकम लेनदेन गराएर फरफारक गरिएको छ । विभागले यो अवधिमा म्यानपावरविरुद्धको एउटै मुद्दा वैदेशिक रोजगार न्यायधीकरणमा दर्ता गरेको छैन भने दलालहरुविरुद्ध २३४ वटा मुद्दा दर्ता भएका छन् ।

ठगी गर्ने म्यानपावरविरुद्ध विभागले एउटै मुद्दा न्यायधीकरणमा नलैजाने समस्या वर्षौंदेखिकै हो । नयाँ श्रम तथा रोजगार मन्त्री गोर्कण बिष्ट आएपछि पनि विभागले ठगी गर्ने म्यानपावविरुद्ध कुनै कडा नीति नलिएको तथ्यांकबाट स्पष्ट हुन्छ ।

वर्षमा ७६ लाख ठगी गर्दा म्यानपावरहरुले करिब ५ करोड मात्रै फिर्ता गरेका छन् । कामदारको झण्डै ७१ करोड रुपैयाँ म्यानपावरले सजिलै पचाएका छन् ।

गत वर्ष कामदारसँग ठगिएको झण्डै १ अर्ब ३२ करोड रुपैयाँ म्यानपावर र दाललले त्यसै पचाएका छन् । ठगी गरे पनि म्यानवापरले मात्रै ७१ करोड रुपैयाँ प्रमाण नभएको भन्दै फिर्ता गरेनन् ।

दलालहरुले पनि कामदारसँग ठगेको करिब ६० करोड रुपैयाँ फिर्ता गर्न सरकारले बाध्य बनाएन । गत वर्ष म्यानपावरविरुद्धका ८३२ उजुरीमा कामदारलाई न्यनतम् क्षतिपूर्ति दिलाएर विभागले उन्मुक्ति दिएको देखिन्छ ।

विभागले फितलो अनुसन्धान गर्ने र म्यानपावरहरुलाई उन्मुक्ति दिने गर्दा पनि पीडितले ठगिएको रकम फिर्ता पाउने अवस्था छैन । विभागका अधिकारीहरु नै म्यानपावर र दालालहरुको आर्थिक प्रभावमा पर्ने भएकाले म्यानपावररुले ठगेपछि त्यो रकम कुनै हालतमा फिर्ता लिन नसकिने पीडितहरुको गुनासो छ ।

अहिले विदेश पठाउने बाहनामा ठगी गर्न दलालको गिरोह नै सक्रिय छ । आफू म्यानपावर सञ्चालक भएको दावी गर्दै ठग्नेहरुले पनि ठूलो रकम फिर्ता गरेका छैनन् ।

एक वर्ष बीचमा पीडितले दाबी गरेको झण्डै ३० करोड रुपैयाँ दलालबाट विभागले फिर्ता गराउन सकेको छैन । यो वर्ष दलालहरुविरुद्ध ३३ करोड ६० लाख रुपैयाँको बिगो दावी गर्दै न्यायधीकरणमा मुद्दा लगेको छ ।

विभागमै मिलेमतो

न्याय नपाइने भएपछि अहिले पनि वैदेशिक रोजगारीका क्रममा हुने ठगीका अधिकांश पीडित विभागमा उजुरीका लागि जाँदैनन् । विदेशिने बाहनामा ठगिएका अधिकांश युवाले त उजुरी नै दिने गरेका छैनन् ।

धेरैजसो विदेशबाट फर्किएका युवाले विभागमा ठगिएको भन्दै उजुरी दिने गरेको छन् । विभागकाअनुसार उनीहरुसँग पर्याप्त प्रमाण हुँदैनन् । त्यसैले न्याय दिन अप्ठेरो पर्ने गरेको दावी विभागका अधिकारीहरुको छ ।

तत्काल न्यायको आशा नै नहुने अवस्थामा मुद्दा मामिलामा थप रकम खर्च हुने भन्दै उनीहरु पीडितहरु चुप बस्ने गरेको वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डित बताउँछन् ।

‘हतारमा विदेश जान लाग्दा ठगिएकाहरु थप लफडामा नपर्ने भन्दै फेरि विदेश जान अर्को प्रक्रिया थालिहाल्छन् । त्यसैकारण धेरै ठगीका घटना सरकारको जानकारीमा आउँदैन,’ पण्डित भन्छन् ।

विभागले ठगी गर्ने म्यानपावरविरुद्ध न्यायधीकरणमा मुद्दा नहालेको वर्षौं बितिसक्यो । ठगी गर्ने केहीमाथि समान्य विगो भराएर थप ठगी गर्न प्रोत्सहान गरिएको आरोप पीडितहरुको छ । कति पीडितको उजुरीलाई विभागले थन्काएर राख्ने गरेको छ ।

ठगी गर्नेलाई त्यसै उन्मुक्ति दिइरहँदा म्यानपावर ठग्नकै लागि थप प्रोत्साहित हुने विज्ञहरु बताउँछन् । विभागमा परेका उजुरीको फस्र्यौट गर्न ढिलाइ गर्दा ठगिएकाले थप निराशा भोग्नुपरेको छ ।

विभागले म्यानपावरहरुलाई वर्षभरमा ३७ लाख मात्रै जरिवाना भएको छ ।

म्यानपावरसँग किन नरम ?

तथ्यांकलाई आधार मान्दा विदेश पठाउने नाममा ठगी भएका अधिकांश उजुरीहरु विभागमै पीडितको ठगिएको रकममध्ये केही अंश दिलाएर मिलाइन्छ । ठग्नेहरुलाई कुनै कारवाही नै गरिँदैन । ठगेपछि उजुरी परेहाले पनि थोरै कम दिएपछि विभागले नै कुरा मिलाइदिने गरेको छ ।

विभागबाट ठगी गर्नेमाथि कुनै कानुनी कारवाही पनि नहुने भएपछि दलाल तथा म्यानपावरलाई पनि ठगी गर्न थप अग्रसर हुने गरेको श्रम तथा रोजगार मन्त्रालयकै अधिकारीहरु स्वीकार्छन् ।

फरार रहेका दलालहरुविरुद्ध भने मुद्दा न्यायधीकरणमा पुगेको देखिन्छ । तर, सरकारले म्यानपावरबाट हुने ठगीलाई भने नजबरअन्दाज गरिदिने गरेको तथ्यांकबाटै स्पष्ट हुन्छ ।

गत आर्थिक वर्ष ०७३/७४मा पनि म्यानपावरले ठगी गरेको भन्दै एउटा पनि मुद्दा विभागले अदालत लगेको थिएन । विगत चारवर्षदेखि विभागले ठगी गर्ने म्यानपावरविद्ध एउटा पनि मुद्धा न्यायाधीकरणमा दर्ता गरेको छैन ।

त्यसअघि पनि निकै कम मात्रामा यस्ता कसुरका म्यानपावरविरुद्ध मुद्दा दायर भएका थिए । सरकारले वैदेशिक रोजगारीमा काकदारलाई रोजगादाताले नै निःशुल्क भिसा र टिकेटको नीति लिएको छ ।

तर, म्यानपावर ब्यवसायीले यसलाई पालना नगरिदिँदा ठगीको समस्या झनै मौलाएको छ । ठगी गर्नेलाई कारवाही गर्न सरकार उदासीन हुुँदा पीडित कामदारको संख्या बढेको बढ्यै छ ।

आर्थिक वर्ष २०७३/७४ मा पनि विभागमा २ हजार ३ सय ८३ वटा उजुरी दर्ता भएका थिए । पीडितले ७५ करोड ७८ लाख बिगो दावी गरेपनि विभागले १५ करोड ९४ लाख रुपैयाँ मात्रै फिर्ता गराएको थियो । यो वर्ष यसको दोब्बर ठगी भएपनि २० करोडमात्रै क्षतिपूर्ति भराइएको छ ।

ठगी जस्तो गम्भीर विषयमा भइरहेको यस किसिमको हेलचेक्र्याइँ र लापरवाही नियन्त्रण गर्न मनत्री बिष्ट र विभागमा भर्खरै आएका महानिर्देशक दिलिप चापागाइँलाई चुनौती छ ।

विभाग भन्छ-प्रमाण नै पुग्दैन

विभागका प्रवक्ता उद्धब रिजाल म्यानपावरको धरौटीमार्फ नै ठगी गर्ने म्यानपावरलाई कसिने भएकाले अदालतमा मुद्दा दायर नगरिएको दावी गर्छन् । उनकाअनुसार कामदारले पर्याप्त प्रमाण विना नै उजुरी दिने गरेका कारण पनि समस्या हुो गरेको छ ।

‘१० हजारको रसिद लिएर दायर गरिएको उजुरीमा धेरै रकम क्षतिपूर्ति दिलाउन प्रमाण नै पुग्दैन । त्यसमाथि धेरै काdदारलाई बाटो खर्चको हिसाव पनि गरेर उजुरी दिन्छन् । जुन क्षतिपूर्तिका रुपमा भराउन मिल्दैन,’ उनले भने ।

रिजालले अदालतमा लैजाँदा पीडितले न्याय पाउने सम्भावना पनि कम हुने जिकीर गर्छन् । न्यायधीकरणमा मुद्दा लैजाँदा ढिलाई भएर पीडित थप पीडित हुने अवस्था आउने उनको तर्क छ ।


सम्बन्धित शीर्षकहरु

हमासले शिरी बिबासको अवशेष इजरायललाई नभई गाजाकी एक महिलाको अवशेष हस्तान्तरण गरेको खुलासा भएपछि "हमासले सम्झौता उल्लङ्घनको पूर्ण मूल्य चुकाउनेछ,"…

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले संगमको पानी दूषित भएको रिपोर्टलाई अस्वीकार गरेका छन् । फेब्रुअरी 19 मा, सीएम योगीले केन्द्रीय…

होम्स, सिरिया: एक पटक बसर असद विरुद्ध क्रान्तिको राजधानी भनेर चिनिने होम्सले सिरियाको गृहयुद्धमा सबैभन्दा भीषण लडाइँ देख्यो। अहिले विस्थापितहरू…

प्रतिकृयाहरू
...