Wednesday 26th August 2026

कुवेतमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको तदर्थ समिती गठन


तितोपाटी – नेपालको म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेत आई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध म्याग्देली नेपालिहरुको भेलाले २० जुलाई २०१८ शुक्रबारका दिन कुवेतको माबुल्लामा प्रेम बहादुर बिस्वकर्माको संयोजकमा म्याग्दी प्रवासी नेपाली संघ ( मोना) को तदर्थ समिती गठन गरेको छ ।

म्याग्देली जिल्लाबासीहरुको एकता, बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ गठन भएको म्याग्दी प्रवासी नेपाली संघ ( मोना) कुवेतले कुवेतमा रहेका म्याग्देलीहरलाई दुख –सुखमा सहयोग गर्ने, म्याग्देलीमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने, जिल्लाका सामाजिक तथा परोपकारी अभियानलाई सहयोग गर्ने उद्देश्यले गठन भएको हो ।

संस्थाको तदर्थ समितिको सल्लाहकारमा नन्द बरुवाल, उपसंयोजकमा दिपक छन्त्याल, महासचिवमा चन्द्र बिश्वकर्मा, सचिवमा शेर बहादुर सुनार , सहसचिवमा रुबिन जुग्जाली कोषाध्यक्षमा कृष्ण बहादुर खड्का, सहकाेषाध्यक्षमा मेख पुर्जा, खेलकुद प्रमुखमा रिजन परियार र खेलकुद उपप्रमुखमा विश्राम पुन चयन भएका छन ।

सस्थाको तदर्थ समितिको सदस्यहरुमा भक्त बिश्वकर्मा, गंगाधर गौतम, मुक्ति छन्त्याल, डम्बर बहादुर दर्जी, राजु बरुवाल, मनोज केसी, प्रेम बरुवाल, झलक बरुवाल, अमर कटुवाल, मनोज श्रेष्ठ, चन्द्र छन्त्याल, बुद्धि घर्ती, कबिन पुन मगर, जित बहादुर पुन, गणेश पुन, ज्ञान बहादुर घर्ती, अर्जुन नेपाली, सोम बहादुर दर्जी, बम बहादुर बिश्वकर्मा, झक प्रसाद पुन, ईश्वर पुन, मदन पुन, राम परियार, दुर्गा सुबेदी, सुरत शेर्चन, बल बहादुर बरुवाल, थम बहादुर बुढाथोकी, जस घटाने, ज्ञान बहादुर पुन, टेक खत्री, जग बहादुर सिर्पाली, भिम रोका र राम रसाइली रहेका छन ।

बिश्वभर छरिएर रहेका म्याग्देली बिचको एकता गराउने, प्रवासबाट आफ्नो जन्मभुमिमा हुने हरेक गतिविधिमा सहभागिता जनाउने, कुवेतमा रहेका म्याग्देलीहरुको तथ्यांक संकलन गर्ने, कोष स्थापना गरि जिल्लामा हुने परोपकारी तथा सामाजिक अभियानलाई सहयोग गर्ने, विभिन्न समयमा खेलकुद कार्यक्रम आयोजना गर्ने र म्याग्देली बिचको सम्बन्ध बलियो बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने योजना रहेका छन । सस्थाको अधिबेशन पनि छिट्टै गर्ने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...