Thursday 25th April 2024

जासुरी गरेको अारोपमा अमेरिकामा एक रूसी महिला पक्राउ


तितोपाटी – अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहहरूमा घुसपैठ गरेको अभियोग लगाएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मरिया बुटिनाले रिपब्लिकन पार्टीसँग नजिकको सम्बन्ध बनाएको र बन्दुक राख्न पाउने अधिकारको पक्षमा वकालत गर्दै आएकी थिइन्।

उनको गिरफ्तारी रुसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको भनिएको छानबिनसँग सम्बन्धित चाहिँ होइन।

रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनका एक उच्च अधिकारीको निर्देशनमा बुटिनाले काम गरेको आरोप लगाइएको छ।

बुटिनाका वकिल रोबर्ट ड्रिस्कोलले उनी एजेन्ट नभइ ‘अन्तर्राष्ट्रिय मामिला’ की छात्रा भएको र ‘व्यापारिक क्षेत्रमा काम गर्न मात्रै चाहेको’ सोमवार एउटा विज्ञप्तिमार्फत जनाएका छन्।

उनले बुटिनामाथि लगाइएका आरोपहरू ‘अति भएको’ र बुटिनाले अमेरिकाको कुनै नीति अथवा कानूनलाई प्रभावित पार्न चाहेको कुनै सङ्केत नदेखिएको बताए।बुटिनाले ‘महिनौँदेखि विभिन्न सरकारी निकायहरूलाई सघाइरहेको’ ड्रिस्कोलले दावी गरेका छन्।

वाशिङटनमा बस्दै आएकी बुटिनालाई गत आइतवार गरिफ्तार गरिएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीविरुद्धको मुद्दाको सुनुवाइ बुधवार हुनेछ।

अमेरिकी चुवानमा मस्कोले हस्तक्षेप गरेको भन्ने आरोपमा राष्ट्रपति ट्रम्पले पुटिनको बचाउ गरेको केही घण्टापछि रुसी महिलालाई पक्राउ गरिएको समाचार सार्वजनिक भएको हो।

अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण आफूले नदेखेको ट्रम्पले बताएका छन्।

सन् २०१६ को चुनावताका डेमोक्र्याटिक अधिकारीहरूको कम्प्युटरमा १२ जना रुसी गुप्तचरले अनधिकृत रुपमा पहुँच कायम गरेको आरोप लगाइएको केही दिन नबित्दै बुटिना पक्राउ परेको विवरण आएको हो।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...