Monday 15th June 2026

जासुरी गरेको अारोपमा अमेरिकामा एक रूसी महिला पक्राउ


तितोपाटी – अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहहरूमा घुसपैठ गरेको अभियोग लगाएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मरिया बुटिनाले रिपब्लिकन पार्टीसँग नजिकको सम्बन्ध बनाएको र बन्दुक राख्न पाउने अधिकारको पक्षमा वकालत गर्दै आएकी थिइन्।

उनको गिरफ्तारी रुसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको भनिएको छानबिनसँग सम्बन्धित चाहिँ होइन।

रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनका एक उच्च अधिकारीको निर्देशनमा बुटिनाले काम गरेको आरोप लगाइएको छ।

बुटिनाका वकिल रोबर्ट ड्रिस्कोलले उनी एजेन्ट नभइ ‘अन्तर्राष्ट्रिय मामिला’ की छात्रा भएको र ‘व्यापारिक क्षेत्रमा काम गर्न मात्रै चाहेको’ सोमवार एउटा विज्ञप्तिमार्फत जनाएका छन्।

उनले बुटिनामाथि लगाइएका आरोपहरू ‘अति भएको’ र बुटिनाले अमेरिकाको कुनै नीति अथवा कानूनलाई प्रभावित पार्न चाहेको कुनै सङ्केत नदेखिएको बताए।बुटिनाले ‘महिनौँदेखि विभिन्न सरकारी निकायहरूलाई सघाइरहेको’ ड्रिस्कोलले दावी गरेका छन्।

वाशिङटनमा बस्दै आएकी बुटिनालाई गत आइतवार गरिफ्तार गरिएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीविरुद्धको मुद्दाको सुनुवाइ बुधवार हुनेछ।

अमेरिकी चुवानमा मस्कोले हस्तक्षेप गरेको भन्ने आरोपमा राष्ट्रपति ट्रम्पले पुटिनको बचाउ गरेको केही घण्टापछि रुसी महिलालाई पक्राउ गरिएको समाचार सार्वजनिक भएको हो।

अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण आफूले नदेखेको ट्रम्पले बताएका छन्।

सन् २०१६ को चुनावताका डेमोक्र्याटिक अधिकारीहरूको कम्प्युटरमा १२ जना रुसी गुप्तचरले अनधिकृत रुपमा पहुँच कायम गरेको आरोप लगाइएको केही दिन नबित्दै बुटिना पक्राउ परेको विवरण आएको हो।


सम्बन्धित शीर्षकहरु

बेरुत। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहका लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा…

इजरायलको प्रसिद्ध पर्यटकीय गन्तव्य ग्यालिली समुद्र सामान्यतया शान्त वातावरण, प्राकृतिक सौन्दर्य र पारिवारिक घुमघामका लागि परिचित छ। प्रत्येक वर्ष हजारौँ…

कुवेतमा मिर्गौला रोगबाट पीडित अञ्जु माया स्याङ्तान(राहदानी नं. PA1496153)का लागि नेपाली समुदायको सक्रियतामा आर्थिक सहयोग संकलन गरि सहयोग गरिएको छ।…

प्रतिकृयाहरू
...