Tuesday 6th October 2026

बौदीकालीको बजेट २७ करोड १६ लाख


तिताेपाटी – नवलपरासी बौदीकाली गाउँपालिकामा आर्थिक बर्ष २०७५/०७६का लागि २७ करोड १६ लाख ९६ हजार ४सय ८५ रुपैया बराबरको योजना तथा कार्यक्रम गाउँपालिकाको तेस्रो गाउँसभामा प्रस्तुत गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाको अध्यक्षतामा भएको गाउँसभामा योजना र कार्यक्रम गाउँपालिका उपाध्यक्ष मायादेबी श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । “खानेपानी,कृषि,पर्यटन र पुर्वधार:बौदीकाली बिकासको दिगो आधार “भन्ने गाउँपालिकाको नाराका साथ सम्पन्न गाउँ सभामा आर्थिक बिकास तर्फ ९४ लाख ८ हजार अर्थात ३.४९ प्रतिशत,सामाजिक बिकासमा ५ करोड ७१ लाख २१.०२ प्रतिशत,पुर्वाधार बिकास तर्फ २ करोड ९५ लाख ३० हजार १०.८७ प्रतिशत यसैगरी वातावरणमा ७३ लाख ९० हजार यानिकी २.७२ प्रतिशत र संस्थागत बिकासका लागि १६ करोड ८१ लाख ८६ हजार ४ सय ८५ रुपैया अर्थात ६१.९० प्रतिशत बजेट बिनियोजन गरिएको छ ।

बजेटले गाउँपालिकाको खानेपानी,कृषि,पशुपालन,संस्कृती,वातावरण,पर्यटन र अध्यन अनुसन्धानको क्षेत्रलाई बिशेष जोड दिदै गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको पहिचान र बिकासका लागि समाबेश गरेको छ ।

यसै गरि गत आर्थिक बर्षमा सम्पन्न हुन नसकेको योजना र कार्यक्रमलाई निरन्तरता दिदै गुरुयोजना सम्भाब्यता अध्ययन,सिपमुलक तालीम योजना ब्यबस्थापन र लक्षित कार्यक्रमलाई प्राथमिकता र निरन्तरता दिईएको छ ।

बजेटले महिला,दलित,आदिवासी,जनजाति,अपांग,बालबालिका,जेष्ठ नागरिक,युवालाई समेत समेटेको छ । गाउँपालिकाको सभाहलमा भएको बौदीकाली सुस्ता पुर्व नवलपरासीको गाउँ सभाको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले गर्नुभएको हो ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...