Tuesday 24th March 2026

कुवेतमा हृदयघातका कारण नेपाली महिलाको मृत्‍यु


हरी कृष्ण न्यौपाने- घरेलु महिला कामदारको रुपमा कुवेतमा कार्यरत भद्रपुर-२, झापाकी २७ बर्षिया रिया तामाङ आङ्देम्बेको हृदयघातको कारण गत जुलाई १२ तरिक बिहिबार,२०१८का दिन कुवेतको जाहरा अस्पतालमा मृत्‍यु भएको छ।

नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकम सँग भने” मृतक रियाको स्पोन्सर मार्फत नेपालमा परिवारहरुसँग संपर्क गर्ने प्रयास भइरहेको र उनिहरुसँग संपर्क भए पछी मृतकको शब २-३ दिनमै नेपाल पठाइने छ।

उनले थपे” रिया कुवेत कहिले र कुन माध्यमबाट अनी कुन एजेन्सी(एजेन्ट )मार्फत आएको भन्ने अझैं खुलेको छैन । “

राहदानी नम्बर-१००११८१५ रहेकी मृतक रियाको राहदानी सन २०१६ सेप्टेम्बर २१का दिन जारी गरिएको देखिन्छ भने राहदानीमा उल्लेख भए अनुसार रियाको बुवा टेक बहादुर तामाङ हुन।

मृतक रियाको शबलाई कुवेतको फर्वानिया अस्पातलमा राखिएको छ भने उनको शब फर्काउने कानुनी प्रकृया शुरु गरिएको छ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...