Friday 16th January 2026

दक्षिण कोरियामा कामदारको तलबमा बृद्धि


तितोपाटी – दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो ।

यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुनेछ । योसँगै कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन अर्थात दैनिक आठ घण्टा काम गरेपछि कामदारको महिनाको न्यूनतम तलब नेपाली १ लाख ६८ हजार बराबर हुनेछ ।

सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जेइनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप भएको समाचारमा जनाइएको छ ।
यो निर्णयले कोरियामा ४० हजार बढी नेपाली लाभान्वित हुने भएका छन् ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...