Wednesday 1st May 2024

लुम्बिनी समाज नेपाल कुवेतको बिदाई कार्यक्रम सम्पन्न


बसन्त थापा, कुवेत – सन, २०१३ देखि कुवेतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको  सामाजिक संस्था ”लुम्बिनी समाज नेपाल कुवेतले संस्थामा महत्वपुर्ण योगदान पुराउदै आएका मानार्थ संरक्षक तथा नेपाली दूतावास कुवेतमा कर्यारत तृतीय सचिब सुरेस अधिकारी र सोही संस्थाका सह कोषध्यक्ष- कृष्ण केबीलार्इ गत जुलाई २०१८/ १३ तारिकका दिन कुवेतको सिटी स्थित अल हैतम रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि स- सम्मान सहित बिदाइ गरेकोछ।

उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले गह्रण गरेका थिए भने  संचालक संस्थाका महासचिब नेत्र पेमी मगरले  गरका थिए।

त्यस्तै बिदाई तथा सम्मान कार्यक्रम उपाध्यक्ष अशोक ओस्तिको स्वागत मन्तब्य बाट शुरु गरिएको थियो।

कार्यक्रममा संस्थाका सदस्य लगाएत अन्य बुद्दिजिबी तथा पदाधिकारीहरु र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा तृतीय सचिव सुरेस अधिकारी बोल्दै  देश नयाँ युगमा प्रवेश गर्दै गरेको अवस्थामा रहेको बेला देश र जनताका लागी तत्पर्था देखाउनु पर्ने र ५१ महिने कुवेत बसाइ बाट धेरै कुरा हरु सिक्न मिलेको तथा कुवेत मा कार्यरत सम्पुर्ण नेपाली हरुलाइ बिदेश भन्दा स्वोदेशमै केहि ब्यापार व्यावसायिक गरेर बस्नुपर्ने सुझाव  दिएका थिए, भने लुम्बिनी समाज नेपाल कुवेतका संरक्षक नवराज पन्थीले आफ्नो कार्यकाल सम्पन्न गरी नेपाल फर्कीन लागेका तृतीय सचिव अधिकारी लाई उज्ज्वल भबिस्यको कामना सहित शुभकामना ब्यक्त गरेका थिए भने केबी लाई पनि फेरि पासपोर्ट बोकी अन्यदेशहरुमा जान नपरोस नेपालमै ब्यापार व्यावसायिक गरेर बसेको देख्न पाइयोस भन्दै शुभकामना दिएका थिए।

कार्यक्रममा अध्यक्ष हमालले सोही कुरालार्इ समर्थन  जनाउदै बिदाइ भएर नेपाल गए पनि संस्थालाई सदैब स्मरण गरि सहयोग गर्न आगह्र गर्दै दो-सल्ला ओढाई सम्मान गर्दै अधिकारी तथा केबीले संस्थामा दिएको योगदान अविस्मरणीय  रहेको जनाएका थिए।
साथै वहाँहरुले दिएको योगदानलाई लुम्बिनी समाज नेपाल कुवेतले कहिल्लै पनि भुल्न नसक्ने बताएका थिए।

केबी बिगत एक दशक देखि कुवेतमा कार्यरत थिए उनले कुवेतमा कार्य शुरु गरे लगत्तै सामाजिक कार्यमा सदैब लागि परेको उनको भनाइछ। केबी आफु यो कर्म भुमि  छोडेर जन्म भुमि फर्केर गएता पनि समाजलार्इ आफ्नो मन र मुटुमा अविस्मरणीय नाताको रुपमा सदैब राखिरहने प्रतिबद्दता जाहेर गरेका थिए।


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...