Thursday 23rd July 2026

लुम्बिनी समाज नेपाल कुवेतको बिदाई कार्यक्रम सम्पन्न


बसन्त थापा, कुवेत – सन, २०१३ देखि कुवेतमा आफ्नो छुट्टै पहिचान बनाउदै आएको  सामाजिक संस्था ”लुम्बिनी समाज नेपाल कुवेतले संस्थामा महत्वपुर्ण योगदान पुराउदै आएका मानार्थ संरक्षक तथा नेपाली दूतावास कुवेतमा कर्यारत तृतीय सचिब सुरेस अधिकारी र सोही संस्थाका सह कोषध्यक्ष- कृष्ण केबीलार्इ गत जुलाई २०१८/ १३ तारिकका दिन कुवेतको सिटी स्थित अल हैतम रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि स- सम्मान सहित बिदाइ गरेकोछ।

उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले गह्रण गरेका थिए भने  संचालक संस्थाका महासचिब नेत्र पेमी मगरले  गरका थिए।

त्यस्तै बिदाई तथा सम्मान कार्यक्रम उपाध्यक्ष अशोक ओस्तिको स्वागत मन्तब्य बाट शुरु गरिएको थियो।

कार्यक्रममा संस्थाका सदस्य लगाएत अन्य बुद्दिजिबी तथा पदाधिकारीहरु र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा तृतीय सचिव सुरेस अधिकारी बोल्दै  देश नयाँ युगमा प्रवेश गर्दै गरेको अवस्थामा रहेको बेला देश र जनताका लागी तत्पर्था देखाउनु पर्ने र ५१ महिने कुवेत बसाइ बाट धेरै कुरा हरु सिक्न मिलेको तथा कुवेत मा कार्यरत सम्पुर्ण नेपाली हरुलाइ बिदेश भन्दा स्वोदेशमै केहि ब्यापार व्यावसायिक गरेर बस्नुपर्ने सुझाव  दिएका थिए, भने लुम्बिनी समाज नेपाल कुवेतका संरक्षक नवराज पन्थीले आफ्नो कार्यकाल सम्पन्न गरी नेपाल फर्कीन लागेका तृतीय सचिव अधिकारी लाई उज्ज्वल भबिस्यको कामना सहित शुभकामना ब्यक्त गरेका थिए भने केबी लाई पनि फेरि पासपोर्ट बोकी अन्यदेशहरुमा जान नपरोस नेपालमै ब्यापार व्यावसायिक गरेर बसेको देख्न पाइयोस भन्दै शुभकामना दिएका थिए।

कार्यक्रममा अध्यक्ष हमालले सोही कुरालार्इ समर्थन  जनाउदै बिदाइ भएर नेपाल गए पनि संस्थालाई सदैब स्मरण गरि सहयोग गर्न आगह्र गर्दै दो-सल्ला ओढाई सम्मान गर्दै अधिकारी तथा केबीले संस्थामा दिएको योगदान अविस्मरणीय  रहेको जनाएका थिए।
साथै वहाँहरुले दिएको योगदानलाई लुम्बिनी समाज नेपाल कुवेतले कहिल्लै पनि भुल्न नसक्ने बताएका थिए।

केबी बिगत एक दशक देखि कुवेतमा कार्यरत थिए उनले कुवेतमा कार्य शुरु गरे लगत्तै सामाजिक कार्यमा सदैब लागि परेको उनको भनाइछ। केबी आफु यो कर्म भुमि  छोडेर जन्म भुमि फर्केर गएता पनि समाजलार्इ आफ्नो मन र मुटुमा अविस्मरणीय नाताको रुपमा सदैब राखिरहने प्रतिबद्दता जाहेर गरेका थिए।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...